लहान १० स्थित रहेको जनता माध्यमिक बिधालय भदैया गुदीगाउँमा अधिकान्स दलित गरिबका विद्यार्थीहरु अध्ययन गर्छन्।भौतिक र आर्थिक रुपले निकै कमजोर रहेका उक्त बिधालयमा दलित समुदायका मुसहर,पासवान,परियार,मोची,बिसुनके सार्की, दमाई,दर्जनौं दलित समुदायका बच्चाहरु पढ्ने गर्छन्।
बिधालयको आन्तरिक आय श्रोत नरहेको उक्त बिधालयमा दक्ष अनुभवी शिक्षक शिक्षिकाहरुले पठन पाठन गराउने गरेको प्रधाना अध्यापक रंगलाल साहले बताए। गरीबको रेखामुनी रहेका दलित समुदायको बालबालिकाहरुको शिक्षा स्तर उकास्नको लागी स्थानीय समाजसेवी बिनोद बिसुनकेले पटक-पटक ब्यक्तीगत रूपमा आर्थिक सहयोग गर्दै आएका छन्।
पछिल्लो १ महिना अगाडी गर्मी याममा विद्यार्थीहरुको गर्मीको पिडा हेर्न नसकिदा वरिष्ठ समाजसेवी मुरारी लाल मुरारकाले सोही स्कुलमा कार्यरत शिक्षक जिबछ उदासी यादवको पहलमा १० थान पंखा सहयोग गरेको थियो। स्थानीय समाजसेवी विद्यार्थीलाई पोसाकको लागी २० हजार नगद सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। विद्यार्थीलाई गर्मी थेग्नगन भारतीय लायन्सका गभर्नर मुरारी लाल मुरारकाले लायन्स कलब अफ लहान फुलवारीद्वारा पंखा वितरण गरेका थिए।
एक औंपचारीक कार्यक्रमको आयोजना गरी लायन्स मनिष सारडाले स्कुललाई आमा बुबाको नाउँ पुष्पा हरिकिसुन सारडाको नाउँबाट बिधालयको लागी साउनड सिस्टम वितरण गरेको हो। लायन्स कलब अफ लहान फुलवारीका बर्तमान अध्यक्ष शंकर प्रसाद गुप्ता,लहान फुलवारीका संस्थापक राकेश झा,श्यामसुन्दर साह,बिजय यादव डाक्टर रितेश गिरी शिव दयाल महतो डाक्टर बिनोद सिंह,उपेन्द्र यादव पत्रकार महेश सिंह लगायतका रोहबरमा साउनड सिस्टम स्कुलका प्र.अ.रंगलाल साह र बिधालय ब्यवस्थापन समितिका अध्यक्ष उमेश बिसुनके लाई हस्तान्तरण गरेको लहान फुलवारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो।















