सिरहा। सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी कमला पुलमा अस्थायी काठे (बास) पुलको सञ्चालन आजदेखि सुरू भएको छ। पुल निर्माण सम्पन्न नहुँदा समस्या भोगिरहेका स्थानीय र यात्रुको सुविधाका लागि यो अस्थायी व्यवस्था गरिएको हो। सिरहा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष इन्द्रजित यादवका अनुसार मोटरसाइकल यात्रीले एकपटकको यात्रा शुल्कका रूपमा २० रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ भने साइकल र पैदल यात्रुहरूले निःशुल्क आवतजावत गर्न सक्नेछन्।















