काठमाडौँ।आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका पर्व मनाइँदैछ। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी वा पञ्चरङ्गी टीका लगाई दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्ने परम्परा छ। टीका लगाउन उत्तम साइत बिहान ११:३७ बजे रहेको बताइएको छ। टीका लगाउँदा पूर्व र पश्चिम फर्किनुपर्ने शास्त्रीय मान्यता छ।
टीकापछि दाजुभाइलाई ओखर, सेलरोटी आदि दिने र दाजुभाइले दिदीबहिनीलाई उपहार र दक्षिणा दिने चलन छ। दिदीबहिनी नहुनेका लागि रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर र खञ्जनेश्वर महादेव मन्दिरमा टीका लगाउने व्यवस्था छ।















