सुर्खेत – सुर्खेत-दैलेख सिमानामा पर्ने रानिमत्तामा शुक्रबार दिउँसो फोर्स गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
दैलेख बजारबाट सुर्खेततर्फ गइरहेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट झण्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ। दुर्घटनामा परेका सबैलाई उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको छ, जहाँ केहीको अवस्था गम्भीर छ।
प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको जनाएको छ।















