काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (कोप–२९) मा भाग लिन आज अजरबैजानको बाकु प्रस्थान गरेका छन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा सहभागी हुन लागेका पौडेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा नेपालका जलवायु सम्बन्धी मुद्दाहरू उठाउने छन्।
कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रमा उनले ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ लाई सम्बोधन गर्नेछन्। साथै, नेपालको पर्वतीय क्षेत्रमा जलवायुजन्य क्षति र समाधानबारे विशेष सत्रको पनि आयोजना हुनेछ।
राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।















