झापा ।झापा जिल्लाको कमल गाउँपालिका-२, समयगढमा गएराति लागेको आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। चन्द्र श्रेष्ठको टिनको छाना भएको एकतले घरमा लागेको आगोले घरभित्र रहेका भाँडा, लत्ताकपडा, अन्नपातलगायत सबै सामग्री पूर्णरूपमा नष्ट भएको छ। घटनामा कुनै मानवीय क्षति नभए पनि आगलागीले सम्पूर्ण सम्पत्ति जलेर नष्ट भएको प्रहरीको भनाइ छ। बिहान करिब ४:१५ बजे सूचना पाएपछि प्रहरी र स्थानीयवासीले आगो निभाउन सहयोग गरेका थिए, जसले गर्दा आगो करिब ५ बजे नियन्त्रणमा आएको थियो।















