Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सुरुङ्गा–६ मा जनताको करको रकम घर भाडामा खर्च, स्थानीयको विरोध

सुरुङ्गा–६ मा जनताको करको रकम घर भाडामा खर्च, स्थानीयको विरोध

ADVERTISEMENT

सप्तरीको सुरुङ्गा नगरपालिका–६ : भवन निर्माण सम्पन्न भए पनि भाडाको घरमै कार्यालय सञ्चालन, जनताको पैसाको दुरुपयोग भएको स्थानीयको आरोप

सप्तरी – सुरुङ्गा नगरपालिका–६ का जनप्रतिनिधिहरूले नगरपालिकाको आफ्नै भवन निर्माण सम्पन्न भइसकेको अवस्थामा पनि भाडाको घरमा कार्यालय सञ्चालन गरिरहँदा जनतामा असन्तुष्टि बढेको छ। स्थानीयवासीले दुई वर्षदेखि कार्यालयले मासिक १६ हजार रुपैयाँ भाडा तिर्दै आइरहेको तर विकास निर्माणमा खर्च गर्नु पर्ने रकम यसरी अनावश्यक रूपमा खर्चिनु जनप्रतिनिधिहरूको गैरजिम्मेवार व्यवहार भएको आरोप लगाएका छन्।
वडा कार्यालयको भवन करिब दुई वर्षअघि नै तयार भइसकेको भए पनि वडा कार्यालयलाई उक्त भवनमा सारिएको छैन। नगरको पछिल्लो सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा अध्यक्ष दिनेश रामले नगर प्रमुख गीता चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुनिल पासवानलगायतका नगरका पदाधिकारीहरूको उपस्थितिमा चाँडै नै कार्यालय सारिने बताएका थिए। तर, समय बित्दासमेत कार्यालय सार्ने प्रक्रिया अघि नबढेपछि स्थानीयबासीले असन्तोष व्यक्त गरेका छन्।
स्थानीयको गुनासो : जनताको पैसाको दुरुपयोग
पूर्व वडा अध्यक्ष लिला कान्त चौधरीले यस विषयमा जनताको पैसाको गैरजिम्मेवार प्रयोग भएको भन्दै आलोचना गरेका छन्। उनका अनुसार, विकास निर्माण र जनसेवामा खर्चिनुपर्ने रकम दुई वर्षमा करिब ४ लाख रुपैयाँ भाडामा खेर गइरहेको छ। उनले वडा कार्यालय नयाँ भवनमा सार्न नसक्नु जनप्रतिनिधिहरूको असक्षमता र जनताको विश्वासको दुरुपयोग भएको टिप्पणी गरे।
वडा अध्यक्षको तर्क : जग्गा विवाद प्रमुख कारण
वडा अध्यक्ष दिनेश रामका अनुसार कार्यालय भाडाको घरमै सञ्चालन गर्नुको कारण आफ्नो व्यक्तिगत स्वार्थ नभई भवनको पहुँचमार्गमा देखिएको विवाद हो। उनले भने, “भाडामा कार्यालय सञ्चालन गर्नु मेरो रहर होइन। तर, भवनसम्म पुग्ने बाटोको जग्गामा विवाद छ। उच्च अदालत राजबिराजले समेत यस विषयमा चासो व्यक्त गर्दै निर्देशन पठाएको छ। यो मुद्दामा अदालतको निर्णयको अवज्ञा गर्न नसकिने स्थितिमा म छु।”
उनले समस्या समाधानका लागि प्रयास जारी रहेको बताए। “मैले जग्गा मालिक विश्ववती साहलाई पटक–पटक समन्वयका लागि अनुरोध गरेको छु। हामी बाटोको समस्याको समाधान हुनेबित्तिकै भवनमा कार्यालय सार्नेछौं,” अध्यक्ष रामले भने। उनले जनताको रकम अनावश्यक रूपमा मास्न नचाहेको र आफूसमेत चाँडो समस्याको हल खोजिरहेको स्पष्ट पारे।
स्थानीयको आरोप : राजनीतिक दबाबका कारण ढिलाइ
वडा अध्यक्षले भनेजस्तो मात्र समस्या नभएको र राजनीतिक दबाबका कारण पनि कार्यालय नयाँ भवनमा सार्न ढिलाइ भएको स्थानीयको आरोप छ। स्थानीयवासीहरूको भनाइमा, जनप्रतिनिधिहरूको स्वार्थपूर्ण राजनीति र आर्थिक प्रलोभनका कारण जनतालाई भाडामा कार्यालय सञ्चालन गरेर सास्ती दिइएको छ। “जनताका लागि बनाएको भवनमा कार्यालय नसराउने, भाडामा घर लिएर जनताको करको रकम दुरुपयोग गर्ने? यो कुरा हाम्रो लागि अस्वीकार्य छ,” एक स्थानीयले भने।
वडा अध्यक्ष रामले भने आफूले राजनीतिक दबाबमा निर्णय नगरेको र व्यक्तिगत लाभका लागि जनताको रकम अनावश्यक रूपमा खर्च नगरेको बताए। “जनताको विश्वासलाई म सम्मान गर्छु। तर, यो समस्या कानुनी पेचिलो भएकाले तत्काल समाधान निकाल्न सकिएको छैन,” उनले भने।
अन्योलमा स्थानीयवासी
यस विवादास्पद विषयले स्थानीयवासीलाई अन्योलमा पारेको छ। जनताको सुविधाका लागि निर्माण गरिएको भवनमा कार्यालय नखुलेपछि यसले उनीहरूमा अविश्वास बढाएको छ। स्थानीयहरूले समस्या चाँडो समाधान गरि कार्यालयलाई आफ्नो भवनमा सार्न नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन्।
सार्वजनिक सेवाका लागि बनाइएको संरचना पूर्ण रूपमा तयार हुँदा पनि जनतालाई भाडामा कार्यालय सञ्चालन गरेर सास्ती दिइनु र विकासमा खर्चिनुपर्ने रकम अनावश्यक रूपमा खेर फाल्नु स्थानीयहरूले सहन नसकिने बताएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.