Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जग्गा विवादमा अदालतको आदेश अवज्ञा प्रहरी असहयोगले पीडित अन्यायमा

जग्गा विवादमा अदालतको आदेश अवज्ञा प्रहरी असहयोगले पीडित अन्यायमा

अदालतको आदेश अवज्ञा,पीडितलाई न्यायको खोजी: सचिब घुरन यादव जबर्जस्ति सहि छाप गराएको खुलासा

सिराहा, लहान : २०६७ सालमा अन्जु देवी साह रौनियारले ३० हजार प्रति कठ्ठाको दरले बिन्देश्वरी दास तत्माबाट ७ कठ्ठा ३ धुर जग्गा खरिद गरेकी थिइन्। खरिदपछिको सहमतिअनुसार, केही वर्षका लागि उक्त जग्गा दासलाई वटैयाका रूपमा खनजोत गर्न दिइएको थियो। तर, पछिल्लो समय जग्गाको स्वामित्व र भोगाधिकारमा विवाद चुलिएको छ।
अदालतको आदेश:
उच्च अदालत जनकपुर, राजविराज इजलासले २०८१ साल कात्तिक २५ गते अन्जु देवी साह रौनियारको पक्षमा अन्तरिक आदेश जारी गर्दै, निवेदकका नाममा रहेको कि.नं. १०१२ र १०२७ नम्बरको जग्गामा लगाइएको अन्नबाली जबरजस्ती नकाट्न, निवेदकलाई बाली काट्न दिन, र जग्गा खनजोत गर्न कुनै अवरोध नगर्न निर्देशन दिएको थियो। अदालतले आदेश कार्यान्वयनका लागि ईलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी सितापुरलाई समन्वय गर्न समेत निर्देशन दिएको छ।
आदेशको अवज्ञा:
तर, स्थानीय प्रहरी अधिकारीले अदालतको आदेशलाई बेवास्ता गरेको आरोप लगाइएको छ। शनिबार जग्गाधनी रौनियार धान काट्न जाँदा आफूलाई धाकधम्की र दुर्व्यवहार गरिएको उनको भनाइ छ। यसै क्रममा, हातपात समेत भएको बताइएको छ। स्थानीय राम बाबु गुप्ताले घटना पुष्टि गर्दै प्रहरीको उदासीनता देखिएको टिप्पणी गरे।
प्रहरीको भूमिकामाथि प्रश्न:
इलाका प्रहरी चौकी सितापुरका इन्चार्ज अरुण बैठाले कानुनको पालनमा सक्रियता नदेखाएको गुनासो जग्गाधनी रौनियारले गरेकी छिन्। उनले आफ्नै खरिद गरेको जग्गा उपभोग गर्न नपाएको दुःख व्यक्त गर्दै, नेपालको कानुनी व्यवस्था र सुरक्षामा गम्भीर प्रश्न उठाएकी छिन्।
न्यायको खोजी:
न्याय प्राप्त गर्न र कानुनी संरक्षणको माग गर्दै रौनियारले इलाका प्रहरी कार्यालय लहानको सहारा लिएकी छन्। तर, प्रहरी प्रशासनको असहयोगले उनी थप समस्यामा परेकी छिन्। “नेपालमा कानुनले संरक्षण दिन्छ भन्ने विश्वास छ, तर प्रहरीकै उदासीनताले आशंका उत्पन्न गरेको छ,” उनले बताइन्।
स्थानीय प्रतिक्रिया:
घटनाबारे जानकारी गराउँदै स्थानीयले प्रहरी प्रशासनलाई तटस्थ र न्यायोचित भूमिका खेल्न आग्रह गरेका छन्। “प्रहरी कानुनको पालना गराउनुपर्ने हो, तर यहाँ आदेश विपरीतको गतिविधि भइरहेको छ,” गुप्ताले भने।
यो घटना न्याय प्रणाली र स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न खडा गर्दै पीडित पक्षका लागि छिटो न्यायको खाँचो औंल्याएको छ।
वाडा नम्बर ६ का सचिब घुरन यादवले जग्गा धनी रौनियारलाई जबर्जस्ती विभिन्न मानसिक दवाब दिई
वाडा भित्र घेरा बन्दी गरी जबर्जस्ति सहि छाप गराएको पीडितले आरोप लगाएका छन्। सचिब यादवले आर्थिक प्रलोभनमा र राजनीति दबाबमा प्रभावित भएर जग्गा धनी रौनियारलाई अफिस भित्रै  घेरा बन्दी गरी जोर जबर्जस्ती सहि छाप गराएको आरोप छन्।पीडितले कानुनी रूपमा वाडा सचिब घुरन यादवलाई कार्वाहीको माग गरेका छन्। अख्तियारको पनि ध्यानाकर्षण होस।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.