Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

अर्थतन्त्रको पुनरुत्थानमा जसपाको प्रतिबद्धता: युवाहरूको नेतृत्वमा विकास अभियान

अर्थतन्त्रको पुनरुत्थानमा जसपाको प्रतिबद्धता: युवाहरूको नेतृत्वमा विकास अभियान

सिरहा, माघ १७ — जनता समाजवादी पार्टी (जसपा) नेपालले माघ मसान्तभित्र सिरहा जिल्लाको प्रत्येक नगर, वडा, र टोलमा पार्टी कमिटी गठन सम्पन्न गर्ने गरी संगठन विस्तार अभियान तीव्र पारेको छ। सिरहाको गोलबजारमा आयोजित अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्र, प्रदेश, र स्थानीय तहका नेताहरूले पार्टीलाई जनस्तरसँग थप जोड्ने उद्देश्यका साथ कार्ययोजना सार्वजनिक गरेका छन्। अधारभुत संगठन निर्माणको कार्य तिब्र रूपमा भइ रहेका छन्।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा गणतन्त्र घोषणा भएको १६ वर्ष र बहुदलीय व्यवस्था स्थापनाको ३५ वर्ष बितिसक्दा पनि अपेक्षित विकास हुन नसकेको बताएका छन्। “सरकारी विद्यालयहरूलाई कमजोर बनाउने, कृषि र उद्योग क्षेत्रलाई धराशायी बनाउने काम कांग्रेस, एमाले र माओवादीले गरेका छन्,” अध्यक्ष यादवले भने, “१५७ वटा उद्योगहरू निजीकरणको नाममा कौडीको भाउमा बेचिए। अब जसपाले आर्थिक समृद्धि र समावेशीता कायम गर्न अग्रसरता लिनेछ।”
उनले मधेस आन्दोलनले समावेशीताको अवधारणालाई स्थापित गरेको उल्लेख गर्दै अब मधेस मात्र होइन, सम्पूर्ण नेपाली राजनीतिको नेतृत्व गर्ने समय आएको बताए। “देशमा कुनै रूपमा बहिष्कारमा परेका वा अन्यायमा परेका समुदायका लागि जसपा समाधानको मार्ग बनेको छ,” यादवले थपे।
पार्टीका केन्द्रीय सचिव सुरेश मण्डलले सिरहा जिल्ला संगठन निर्माणमा देशकै अगुवा रहेको जनाउँदै आगामी दुई महिनाभित्र संगठन विस्तार र जनताको निराशा हटाउने कार्यक्रम प्रभावकारी हुने बताए। उनले मधेस प्रदेशले विगतमा ठूलो राजनीतिक शक्ति निर्माण गरेको स्मरण गर्दै दुखलाई शक्तिमा बदलेर संघीयतालाई बलियो बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष राजकिशोर यादवले वर्तमान नेपाली राजनीतिमा युवा शक्तिलाई कमजोर बनाएको आरोप लगाउँदै जसपाले आर्थिक विकासको नीति अवलम्बन गर्ने बताए। उनले कांग्रेस, एमाले र माओवादीले मुलुकलाई आर्थिक संकटतर्फ धकेलेको धारणा राख्दै जसपाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि मार्गनिर्देशन गर्ने बताए।
सिरहा क्षेत्र नम्बर ३ र ४ का अगुवा नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा पार्टीका सिरहा जिल्ला अध्यक्ष अशोक यादव, केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, सचिव सुरेश मण्डल, चन्देश्वर पासमान, माननीय संजिला यादव, पूर्व माननीय सुनिता राम, परियाग लाल यादव, विद्यार्थी नेता दीपेश कुमार यादव, नागेन्द्र यादव, प्रेस मञ्च मधेस प्रदेश अध्यक्ष अमरेन्द्र यादव लगायतका नेताहरूको उपस्थिति थियो।
कार्यक्रमका क्रममा युवा नेता विजय कुमार यादवले चोहर्वा पुगेर केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई गम्छा र फूलमालाले स्वागत गरेका थिए। यादव जसपाका पूर्व केन्द्रीय परिषद सदस्यसमेत हुन्।
अध्यक्ष यादवको नेतृत्वमा भएको अन्तरक्रिया कार्यक्रमले जनतामा उत्साह थपेको र संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको आयोजक समितिले जनाएको छ।
कार्यक्रममा सहभागी नेताहरूले मधेस आन्दोलनले समावेशी समाज निर्माणमा योगदान दिएको चर्चा गरे। “२०१५ सालदेखि सुरु भएको आन्दोलनले मधेसको पहिचानलाई स्थापित गरेको छ,” यादवले भने, “अब यो पहिचानलाई राष्ट्रिय स्तरमा अगाडि बढाउनुपर्छ।”
जसपाले मधेसको मुद्दालाई राष्ट्रिय तहमा पुर्याउँदै अब सम्पूर्ण नेपालीको हितका लागि अग्रसर हुने प्रतिबद्धता जनाउँदै कार्यक्रम सम्पन्न भएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.