लहान १५ बैशाख – लहान नगरपालिका वाडा नम्बर ८ मा नेपाली काङ्ग्रेसबाट श्याम कुमार साहले उमेदवारी दिएका छन्। पछिल्लो निर्वाचनमा अध्यक्षको प्रत्यासी समेत रहनु भएका उनी बैशाख ३० गते हुन् लागेको स्थानीय तहको निर्वाचनमा भाग लिन उनले मनोनयन दर्ता गराएका हुन्।
बैशाख ३० हुने निर्वाचनबाट साह नै निर्वाचित हुने स्थानीयको भनाई छ्। साह बिगत ३० बर्ष देखि काङ्ग्रेस पार्टीमा आबद्ध रही राजनीति गर्दै आएका हुन्।लहान ८ मा उनको वाडा कमिटीबाट साहको नाउँ मात्र सिफारिस भएको थियो। उनले हाल पालिका अध्यक्षका लागी लोकप्रिय नेताको रूपमा चिनीएका हुन्।
हामी पालिका भ्रष्टाचार उन्मुख पालिकार शिक्षा स्वास्थ कृषि र प्रत्येक वाडा एक एम्बुलेन्स र प्रत्येक स्वास्थ चौकीमा एमबीबीएस डाक्टरको ब्यव्यवस्था मिलाउने र किसानहरुको हकमा राम्रो सिचाइको प्रबन्ध मिलाउने उनले प्रतिबद्ध हुनु भएको छ्। हाल पालिका भरी नै उनलाई जिताउने अभियानमा युवाहरु लागेका हुन्।















