काठमाडौँ ।रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-४ खुम्चेरीमा विवाहका लागि भागेका १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षीया सपना पुन मगर मृत फेला परेका छन्। वडाध्यक्ष नन्नराम बाँठाका अनुसार लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुइँमा मृत अवस्थामा भेटिएका हुन्।
चार दिनअघि सपना पुनलाई भगाएर ल्याएका लोकेन्द्रका बुवाआमा उपचारका लागि नेपालगञ्ज गएको बेला यो घटना भएको हो। लोकेन्द्रकाे परिवारमा उनी एक्ला छोरा थिए भने उनकी बहिनी काठमाडौँमा अध्ययनरत छिन्।
प्रहरीले परिवारका सदस्य आएपछि मात्रै कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।















