Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सांस्कृतिक प्रस्तुति, झाँकी र सम्मान समारोहसहित भव्य रजत जयन्ती उत्सव

सांस्कृतिक प्रस्तुति, झाँकी र सम्मान समारोहसहित भव्य रजत जयन्ती उत्सव

महेश सिंह लहान – लहान एभरेस्ट कलेज/माध्यमिक विद्यालयले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवस विशेष समारोहका साथ फागुन ७ गते, बुधवार भव्य रूपमा सम्पन्न गरेको छ। कलेज प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा शिक्षा, समाजसेवा, पत्रकारिता, उद्यमशीलता तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान प्रदान गरियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री पदम नारायण चौधरीले हालको शिक्षामा सुधार आवश्यक रहेकोमा जोड दिँदै भने, “हाम्रो पालामा चिट चोर्ने शिक्षा नीति थिएन। अहिलेको शिक्षालाई सुधार गर्दै व्यावहारिक सीप विकासतर्फ उन्मुख गरिनु जरुरी छ।” उनले लहान एभरेस्ट कलेजले शिक्षा क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल रहेको उल्लेख गर्दै कलेज परिवारलाई बधाई तथा शुभकामना दिए।

कलेजका प्रिन्सिपल धरनीधर अधिकारीका अनुसार समाजसेवा, शिक्षा तथा उद्यमशीलतामा योगदान दिने विशिष्ट व्यक्तित्व, पूर्वविद्यार्थी, पत्रकार, समाजसेवी र स्थानीय अगुवाहरूलाई सम्मान गरिएको छ। कलेज व्यवस्थापनले भविष्यमा पनि समाजसेवामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई विशेष सम्मान दिने नीति अवलम्बन गर्ने जनाएको छ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

कलेजले शिक्षालाई रोजगारसँग जोड्दै, सीपमूलक शिक्षा तथा आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष कार्यक्रमहरू सञ्चालन गरेको छ। विद्यार्थीहरूलाई व्यवसायिक सीप तथा उद्यमशीलता सम्बन्धी जानकारी गराइने कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा विद्यार्थीहरूले झाँकी, कला प्रदर्शनी, नृत्य तथा नाटक प्रस्तुत गरेका थिए। विशेषगरी स्थानीय संस्कृति र आधुनिक शिक्षाबीचको सम्बन्ध दर्शाउने प्रस्तुतीहरू कार्यक्रममा समावेश गरिएका थिए।

विद्यालय व्यवस्थापनका अनुसार कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, समाजसेवी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनमा विद्यार्थीहरूलाई विभिन्न सीप, व्यवसाय तथा उद्यमशीलतासँग जोड्न थप नविनतम् कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
कलेजबाट अध्ययन पूरा गरी विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूको अनुभव र सफलताको कथा विद्यार्थीहरूमाझ प्रस्तुत गर्दै उनीहरूलाई प्रेरित गरियो।

विद्यालय व्यवस्थापनले अभिभावक, शिक्षक, विद्यार्थी, समाजसेवी तथा सम्पूर्ण सरोकारवालासँगको सहकार्यद्वारा शिक्षाको गुणस्तर वृद्धि गर्दै समाजको समृद्धिमा योगदान पुर्याउने लक्ष्य लिएको छ।
रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गर्दै लहान एभरेस्ट कलेजले शिक्षाको प्रवर्द्धनमा नयाँ उचाइ तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

ADVERTISEMENT

ट्रेन्डीङ्ग

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

नयाँ रणनीतिका साथ विश्व हिन्दू परिषद नेपालको वार्षिक योजना बैठक

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

व्यवसायीको हकहितसँगै संस्थागत पूर्वाधारमा जोड, लहान सुनचाँदी संघलाई नगरको जग्गा सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

Loading Comments...