लहान–नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ, सिराहा जिल्ला अधिवेशन सम्पन्न भएको छ। यातायात व्यवसायीहरूको हकहित र कानुनी सुधारलाई केन्द्रमा राख्दै अधिवेशनले बिहारी रायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
शनिबार सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाली कांग्रेस सिराहा जिल्ला सभापति एवं संविधानसभा सदस्य रामचन्द्र यादवले यातायात ऐनमा आवश्यक संशोधनको आवश्यकता औंल्याए। उनले साना सवारी साधनहरूको तुलनामा ठूला गाडीलाई मात्रै दोषी देखाउने प्रवृत्ति गलत भएको बताए।
नयाँ कार्यसमितिको अध्यक्षमा बिहारी राय चयन भएका छन् भने उपाध्यक्षमा राजकुमार यादव, सचिवमा परमेश्वर यादव, सह-सचिवमा बैजनाथ यादव, कोषाध्यक्षमा इंजीलाल चौधरी चयन भएका छन्। त्यस्तै, रामप्रकाश यादव, कैलाश यादव, मउनु झा, अरुण कुमार सिंह लगायत सदस्यको रूपमा निर्वाचित भएका छन्।
अधिवेशनमा वक्ताहरूले यातायात व्यवसायीहरूका समस्या र समाधानबारे छलफल गरेका थिए। उनीहरूले व्यवसायलाई व्यवस्थित, सुरक्षित, र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए।
नयाँ नेतृत्वले व्यवसायीहरूको हकअधिकार सुनिश्चित गर्दै यातायात सेवा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रमको सञ्चालन बिजय यादवले गरेका थिए भने स्वागत मन्तव्य पूर्व अध्यक्ष हरिनारायण यादवले राखेका थिए।















