महेश सिंह दमक झापा- साहारा साकोस सहकारी संस्थाका कर्मचारीद्वारा ऋण असुलीको क्रममा अपमानजनक व्यवहार सहनुपरेपछि मोरङको मिक्लाजुङ गाउँपालिका–२ की माया मगर (३७) र दुर्गा माया लिम्बु (४२) सम्पर्कविहीन भएका छन्।
लघुवित्त तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपाल, कोशी प्रदेशले शुक्रबार झापाको दमकमा पत्रकार सम्मेलन गरी उक्त घटनाको विरोध गर्दै प्रदेशव्यापी आन्दोलनको घोषणा गरेको हो।
संघर्ष समितिका अनुसार, कर्मचारीहरूले महिलाहरूलाई ‘घरको अन्नपात वा चौपाया बेचेर भए पनि ऋण तिर्नू’ भन्ने धम्की दिएका थिए। सोही घटनापछि दुवै महिला हराएका हुन्।
समिति अध्यक्ष लुजा राईले पिडितको खोजी गरी परिवारको जिम्मा लगाउन र उनीहरूविरुद्ध दर्ता गरिएका मुद्दा तत्काल खारेज गर्न माग गरेका छन्। “यदि समस्या समाधान भएन भने प्रदेशभर ताला बन्दी, किस्ता बहिस्कार लघुबित कर्मचारीलाई गाउँ छिर्नमा रोक र आन्दोलन चर्काउनेछौं,”राईले भने।
पत्रकार सम्मेलनमा राष्ट्रिय स्वयंसेवकका केन्द्रिय अध्यक्ष मनोज पौडेलका अनुसार लघुबितले पीडितको जीवन स्तर उकासीनु पर्ने ठाँउमा झन निमुखा जनता र गरिबलाई आर्थिक शोषण गरेका शासक सामन्तीलाई उन्मुलन गर्न हामी निरन्तर आन्दोलनमा रहने प्रमुख अतिथि मनोज पौडेलले जानकारी दिनु भयो।,संघर्ष समितिका सगरमाथा इन्चार्ज गुणराज भट्टराई, स्वंसेवक संयोजक दिलिप मगर, झापा, उदयपुर, सुनसरी, मोरङलगायतका जिल्लाका प्रतिनिधि र सयौं पीडित सहभागी थिए।
समितिले लघुवित्त खारेजीदेखि किसानलाई निःशुल्क ऋण, शिक्षा–स्वास्थ्य निःशुल्क, र ३ प्रतिशत ब्याजमा पुनःकर्जा व्यवस्था गरिनुपर्ने लगायतका १८ बुँदे माग सार्वजनिक गरेको छ।सम्पर्कविहीन महिलाको सुरक्षित फिर्ता र मुद्दा खारेजी नभए सशक्त आन्दोलन गरिने समितिको चेतावनी छ।















