Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जेन-जीको नाममा विध्वंस मच्चाउनेहरूले जवाफ दिनुपर्छ-एमाले फर्किएपछि झाँक्रीको तीखो टिप्पणी

जेन-जीको नाममा विध्वंस मच्चाउनेहरूले जवाफ दिनुपर्छ-एमाले फर्किएपछि झाँक्रीको तीखो टिप्पणी

Oplus_131072

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुनः नेकपा (एमाले) फर्किएकी नेतृ रामकुमारी झाँक्रीले जनताको रक्षक शक्ति एमालेबाहेक अरू हुन नसक्ने बताएकी छन्। सोमबार राष्ट्रिय सभा गृहमा आयोजित ‘एमालेको घर फर्क’ अभियान समारोहमा सम्बोधन गर्दै झाँक्रीले आफू कुनै सर्तबिना एमालेमा फर्किएको स्पष्ट पारिन्।

उनले भनिन्, “तपाईंहरूको क्यामेरा मप्रति फर्किरहँदा मलाई थाहा छ, मलाई विगत र अहिलेको हेरेर ट्रोल गर्नुहुन्छ होला। त्यो मलाई स्वीकार्य छ। यो आजको वास्तविकता हो। हामी वास्तविकताबाट टाढा हुन सक्दैनौं।”

झाँक्रीले हालको राजनीतिक अवस्थालाई “एमाले भर्सेस जेन–जी आन्दोलनका स्टेकहोल्डर र पीडित पक्षबीचको ध्रुवीकरण” को रूपमा चित्रण गरिन्। उनले जेन–जी आन्दोलनलाई एउटा पुस्ताको आक्रोश भने पनि त्यसको आडमा तत्कालीन सरकारविरुद्ध विध्वंस मच्चाउनेहरूलाई जवाफ दिनुपर्ने बेला आएको बताइन्।

ADVERTISEMENT
ADVERTISEMENT

उनका अनुसार, “जेन–जीको नाममा जे भइरहेको थियो, त्यो नितान्त सरकारविरुद्धको प्रहार थियो।” उनले सिंहदरबार, सर्वोच्च अदालत र निजी घर–व्यापारिक भवनमा आगजनी गर्नेहरूले जवाफ दिनुपर्ने बताउँदै सो घटनाको स्वामित्व लिन खोज्नेहरूलाई आलोचना गरिन्।

ADVERTISEMENT

पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले एमाले नै नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह मात्र नभई लोकतान्त्रिक आन्दोलन, विकास, सुशासन र समृद्धिको आकाङ्क्षा देखाउने पार्टी भएको बताइन्। उनले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिँदै “फागुन २१ गते चुनाव भएपनि एमाले नै जनताको रक्षक शक्ति हो” भन्दै जोड दिइन्।

कार्यक्रममा एमाले नेता किसान श्रेष्ठले प्राणभन्दा प्यारो पार्टी नेकपा (एमाले)” भन्दै अब पार्टीले दिने जुनसुकै जिम्मेवारी लिन तयार रहेको बताए। कार्यक्रममा एमाले फर्किएका नेताहरूले यसअघि प्रयोग गर्दै आएका ‘कलम’ चिन्ह पनि अध्यक्ष ओलीलाई प्रतीकात्मक रूपमा फिर्ता गरेका थिए।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

सिरहा कांग्रेसमा ठूलो धक्का: दिग्गज नेता अक्षमित लाल चौधरी रास्वपा प्रवेश

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

गणतन्त्र दिवसको अवसरमा लक्ष्य शिक्षा सदनद्वारा विद्यार्थीलाई कप वितरण

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

मन्त्रालयको निर्देशन उल्लङ्घन गर्दै लहानमा विद्यालय सातामा ६ दिन सञ्चालन

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

‘गरौं योग, रहौं निरोग’ अभियानसहित मिर्चैयामा योग शिविर

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

शिक्षा , सीप र संस्कारको संगम बन्दै लक्ष्य शिक्षा सदन

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

सिरहामा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

लहानमा ‘स्नेह वृद्धाश्रम’ स्थापना, सहाराविहीन जेष्ठलाई नयाँ आशा

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.