Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जनकपुर–विराटनगर धाउनुपर्ने बाध्यता अन्त्यतिर : लहानमै प्रदेशस्तरीय कान सेवा सुरु

जनकपुर–विराटनगर धाउनुपर्ने बाध्यता अन्त्यतिर : लहानमै प्रदेशस्तरीय कान सेवा सुरु

महेश सिंह लहान सिरहा- मधेस प्रदेशमा कान उपचारका विशेषज्ञ सेवा अभावबीच सिरहाको लहानमा निजी क्षेत्रको पहलमा अत्याधुनिक ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ सेवा विस्तारमा आएको छ। लहान–३, अस्पताल चोक नजिकै सोमबारदेखि सञ्चालनमा आएको यो केन्द्रलाई प्रदेश–स्तरमै कान उपचारका लागि नयाँ र विश्वसनीय गन्तव्यका रूपमा हेरिन थालेको छ।

उद्घाटन समारोहमा लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले लामो समयदेखि जनकपुर, विराटनगर र काठमाडौं धाउन बाध्य थिएका बिरामीका लागि यो केन्द्र ठूलो राहत सावित हुने विश्वास व्यक्त गरे। “स्वास्थ्य पूर्वाधार अभावका कारण सामान्यदेखि जटिल रोगसम्म उपचारविहीन हुने अवस्था अब बदलिन्छ,” उनले भने, “सुलभ शुल्क, विशेषज्ञको नियमित उपस्थिति र आधुनिक उपकरणको संयोजनले लहानलाई स्वास्थ्य सेवाको उदाउँदो केन्द्र बनाउनेछ।”

ADVERTISEMENT

केन्द्रका अध्यक्ष तथा किस्ट मेडिकल कलेजका सहप्राध्यापक, ईएनटी विशेषज्ञ डा. ऋषि भट्टका अनुसार केन्द्रमार्फत ४० प्रकारका कानसम्बन्धी रोगको निदान र उपचार नियमित रूपमा उपलब्ध हुनेछ। अत्याधुनिक एन्डोस्कोपिक प्रविधिमार्फत धेरै सर्जरी चिरफारबिनै हुने भएकाले बिरामीलाई कम जोखिम र छिटो सुधारको सुविधा रहने उनको भनाइ छ।
डा. भट्टले भने, “कानको जाली टाल्ने वा फेर्नेदेखि श्रवण क्षमता घट्ने, जाम हुने, पाक्ने, रिँगटा लाग्ने जस्ता अधिकांश समस्या अब लहानमै समाधान हुन्छन्। नाक र घाँटीसम्बन्धी रहेर जटिल अप्रेसन बाहेक अन्य सबै सेवा यहीं उपलब्ध हुनेछ।”

ADVERTISEMENT
ADVERTISEMENT

केन्द्रले सेवा पहुँच विस्तारका लागि छुट योजना पनि सार्वजनिक गरेको छ। पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरंग सेवामा शतप्रतिशत छुट उपलब्ध हुनेछ। त्यसैगरी मंसिर महिनाभर अन्य बिरामीलाई बहिरंगमा ५० प्रतिशत, सामान्य शल्यक्रियामा ३० प्रतिशत तथा श्रवण यन्त्रमा १५ प्रतिशत छुट लागू हुनेछ।

स्थानीयवासीका अनुसार प्रदेशमै पहिलोपटक आधुनिक उपकरण, अनुभवी विशेषज्ञ र छुटसहितको सेवा एउटै संरचनामा उपलब्ध हुनु लहानका लागि ‘स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण उछाल’ हो। बिरामीलाई टाढा सहरसम्म उपचारकै लागि धाउनुपर्ने बाध्यता कम हुने र खर्चमा समेत ठूलो कटौती हुने अपेक्षा गरिएको छ।
निजी क्षेत्रको लगानीमा सुरु भएको ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ लाई स्थानीय समुदायले मधेसमा गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा विस्तारको नयाँ मोडेलका रूपमा स्वागत गरेका छन्।

Share this:

  • Twitter
  • Facebook
mm

महेश सिंह

सम्बन्धित - समाचार

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

संरक्षण चेतना फैलाउन दुईदिने तालिम

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

सामाजिक सद्भाव र शान्ति प्रवर्द्धनका लागि प्रदेशस्तरीय संवाद अभ्यास सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

मुक्ति नेपालद्वारा हिंसा प्रभावित ५० लाभग्राहीलाई वित्तीय साक्षरताको प्रशिक्षण

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.