Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुको ठगी धन्दा बढदै

वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुको ठगी धन्दा बढदै

वीरगंज २६ जेठ ।वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुले विद्यार्थीहरु संग लाखौं रकम असुली गर्ने योजना बनाएको समाचार स्रोतले जनाएको छ । भारतमा नाम चलेका विश्वबिद्यालयहरुमा यति प्रतिशत उति प्रतिशत छुट दिने भनेर मेलामा विद्यार्थीहरुलाई मनमोहक पर्ने र विद्यार्थीहरुलाई लोभ लाग्दा आकर्षक प्रचारप्रसार गरेर लग्छ कि आकाशको तारा नै धर्तीमा खसाल्ने जस्तो कुरा गरेर विद्यार्थीलाई झुक्यानउे काम गर्ने गरेको छ ।
समाचार स्रोतका अनुसार विश्वविद्यालयमा भर्ना गर्दा विद्यार्थीले रोजेको कलेज पढ्न नपाउने बताइन्छ । एकातिर लाखौं रकम तिर्नुपर्ने अवस्था रहेको भए पनि आफुले रोजेको विश्वविद्यालयमा अध्यापन गर्न नपाउने निश्चित रहेको छ । भारतीय कलेजहरुले विद्यार्थीहरु आफ्नो कलेजमा अध्यापन गराउनुपरेको खण्डमा यहाँ कन्सलटेन्सीहरु सगं सम्पर्क गरेर विद्यार्थीहरु लैजाने र लाखौं कमिशन लिएर मात्र विद्यार्थी पठाउने गरेको बताइन्छ ।
विगतका दिनहरुमा यस्ता शैक्षिक मेला संचालन गर्नु अगवै आन्तरिक राजस्व कार्यालयमा राजस्व बुझाउनुपर्ने व्यवस्था रहेको थियो । अहिले राजनीतिक शक्तिको आडमा लाखौं राजस्व छलि गरि लाखौं रकम असुली गरिरहेको बुझिएको छ । यसरी जथाभावी पठाएका विद्यार्थीहरुको जिम्मेवारी कसले लिने ? यहाँका सचेत नागरिकहरुले प्रश्न गरिरहेका छन । शैक्षिक मेलाको नाममा यहाँ च्याउसरी खुलेका कन्सलटेन्सीहरुलाई बिगतका दिनहरुमा जिल्ला प्रशासन र अन्य निकायहरूले अनुगमन गरेको भए पनि अहिले अनुगमनमा कमी आएपछि फेरी ती कन्सलटेन्सीहरु सलबलाउन थालेका छन् ।
आफ्नो कमिसनको भरमा हजारौं विद्यार्थीहरु भारत पठाउने गरेको भए पनि उनीहरूको लेखाजोखा अहिले सम्म यहाँका सरोकारवाला निकायहरू निगरानी नगर्नुले अभिभावकहरु चिन्तित बनेका छन् । कन्सलटेन्सीले पठाएका विद्यार्थीहरु वीरगंजमा अहिलेसम्म कति जना डाक्टर, पाइलट, इन्जिनियर, र हाकिम भएका छन् त्यो इतिहास एक पटक खोज्ने प्रयास कसैले गरेको छ ? नेपाल सरकारले जथाभावी कन्सटेन्सीहरुलाइ इजाजतपत्र दिने र अर्कोतर्फ नेपालको राजस्वमा अर्बौको रकम विदेश पलायन भइरहेको अवस्था छ ।
शैक्षिक क्षेत्रमा यहीं आर्थिक वर्षमा मात्र ४३ अर्ब राजस्व विद्यार्थीहरुबाट विदेश पलायन भएको एक तथ्यांकले देखाएको छ । अर्कोतिर नेपाल सरकार संग इजाजतपत्र नलिइ कयौं विद्यार्थीहरुलाई भेला गराइ मेरो चिनजानको कलेज भारतमा छ भन्दै अनलिगल विद्यार्थीहरु पठाउने र कमिसन लिने प्रबृत्ति समेत मौलाएको छ यस्ता मेलाको नाममा वीरगंज लगायत छिमेकी जिल्लाहरुबाट समेत कन्सलटेन्सीहरुले भित्री रुपमा काम गरिरहेछन् ।
नेपाल सरकारले अब ऐन नै संशोधन गरेर यस्ता कन्सलटेन्सीहरुलाई रोक्न जरुरी रहेको यहाँका शिक्षक बुद्धिजीवीहरु बताउँछन् । यो बेलामा नियमकानुन नल्याए भोलि यसले ठूलो विकराल रुप लिन सक्ने भएकोले विद्यार्थीहरुको भविषय माथि कसैले पनि खेलवाड गर्न नसक्ने उनीहरूको भनाई रहेको छ । यता जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल संग यसबारेमा जानकारी लिन खोज्दा हाम्रो सुरक्षा दिने काम मात्र हो, बाकी केही थाहा नभएको प्रतिक्रिया दिएका छन् ।
जिम्मेवार पदमा बसेका ब्यक्तिले आफ्नो के के मा जिम्मेवारी हो भन्ने बारेमा समेत थाहा नहुनुले हास्यास्पद जस्तो बुझिएको छ । उता बीरगंज महानगरपालिकाका शिक्षा महाशाखाका अरबिन्द लाल कर्ण संग बुझ्ने प्रयास गर्दा फोन रिसिभ हुन सकेन । वीरगंजमा हरेक वर्ष शैक्षिक मेलाको नाममा जथाभावी मेला प्रदर्शन गर्ने र लाखौं रकम कमिसन खान खप्पिस भएका कन्सलटेन्सीलाइ कसले कारवही गर्ने सचेत नागरिकहरुले प्रश्न गर्न थालेका छन ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.