सप्तरी ९ असार।पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित बस दुर्घटना हुँदा एक जना को घटना स्थल्मै मृत्यु छ भने ११ जना यात्रु गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर का बस ना ५ ख नम्बर को बस मा चढीएका यात्रु अन्दाजी ५५ बर्षीया महिलाको नाम र ठेगाना खुल्न नसकेको सप्तरी प्रहरीका प्रबक्ता तथा डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए।
गम्भीर घाइते ११ जनामध्ये ६ जनालाइ भारदह अस्पतालमा उपचार भैरहेको र ५ जनालाई स्थानीय मेडिकलमा उपचार भइरहेको छ। बस चालक घटनापछि फरार रहेकोे सप्तरीप्रहरीले जनाए।















