नरेन्द्र महताे गाैशाला / महाेत्तरी जिल्लाकाे साेनमा गाउँपालिकाकाे आर्थिक वर्ष २०७९/८० काे बजेट ४३ कराेड ९८ लाख ४३ हजार अनुमानित बजेट अध्यक्ष विशेश्वर प्रसाद यादवले प्रस्तुत गरेका छन। मंगलवार सभा हलमा वजेट प्रस्तुत गर्दै विशेष गरि शिक्षा ,स्वास्थ्य, कृषि तथा विकासकाे याेजना अन्तर्गत रहेर गाउँपालिका भवन बनाउने, वडा कार्यालयकाे भवन र १५ वेडका प्राथमिक स्वास्थ्य केन्द्रकाे भवन बनाउने याेजना प्रस्तुत गरेका छन ।
यसै गरि १७ वटा विधालय रहेका मध्ये बाट एक विधालयलाई नमुना विधालयमा बनाउने लक्ष्य रहेकाे र टिच फाेर टिचरकाे अवधारणा ल्याएर याेग्य शिक्षक बनाई विधालयहरुमा अध्यापन्न गराउन सजिलाे हाेस । अध्यक्ष यादवले प्रस्तुत गरिएको वजेटमा आन्तरिक स्रोतमार्फत १ करोड, संघीय सरकारको राजश्व वाँडफाँडमार्फत १० करोड २६ लाख ९ हजार, संघीय सरकारको समानीकरण अनुदानमार्फत १२ करोड ८६ लाख, संघीय सरकारको सशर्त अनुदानमार्फत १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।
उता नीति तथा कार्यक्रमकाे केही वुदा प्रति असहमति जनाउँदै वडा न.१ काे वडा अध्यक्ष अशाेक कुमार यादवले भने बाँकि वुदा प्रति सहमति रहेकाे जनाउँदै शुभकामना दिनु भयाे। त्यस्तै नीति तथा कार्यक्रम प्रति असन्तुष्टि जनाउँदै वडा न. ६ का वडा अध्यक्ष श्याम यादवले भने संसाेधन गरेर वजेट ल्यान माँग गरे। नीति तथा कार्यक्रमकाे केही वुँदा प्रति असहमति जनाए पनि छलफलकाे माध्यमले ऋटिलाई सच्चाएर जानू पर्नेमा अध्यक्षले यादवले सहमति जनाएका छन ।















