Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

फोहोरले दुर्गन्धित जनकपुरधामको चार करोडको प्रवेशद्वार !

फोहोरले दुर्गन्धित जनकपुरधामको चार करोडको प्रवेशद्वार !

कमलेश ठाकुर-
जनकपुरधाम ।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले स्रोतसाधनको अभावमा नगरको फोहर सफा हुन नसकेको पटक–पटक सार्वजनिक मञ्चमा बताउँदै आएका छन् । तर, जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत मुजेलियामा चार करोड रुपैयाँभन्दा बढीको लागतमा सहिदद्वार बनाइँदै छ ।

जनकपुर प्रवेश गर्नेबित्तिकै फोहरको दुर्गन्ध सही नसक्नु रहेको नगरमा चार करोड २८ लाख रुपैयाँको प्रवेशद्वारको औचित्य नरहेको कार्यपालिकाका सदस्यहरूकै भनाइ छ ।

जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जनकीराम साह फोहर सफा गर्न नसकिएको नगरमा यति बढी रकम सहिदगेटका लागि खर्चिनुको औचित्य नरहेको बताउँछन् । “नगरप्रमुखले सहिदको सम्मानको लागि होइन, कमिसनको लागि चार करोडको लागतमा प्रवेशद्वार बनाउँदै छन्,” वडाध्यक्ष साहले भने, “फोहर सफा गर्न नसकेको नगरमा यति भव्य प्रवेशद्वारको के काम रु यसले सहिदको सम्मान होइन, अपमान गर्न सक्छ ।”

ADVERTISEMENT
ADVERTISEMENT

काम राम्रो भए पनि कार्यपालिका बैठकमा छलफल नगरी ‘सेटिङ’मा ठेक्का लगाइएको उनको आरोप छ ।

ADVERTISEMENT

०७७ असार २१ गते सहिदद्वार निर्माणका लागि शिलान्यास गरिएको थियो । डेढ वर्षभित्रै काम सक्ने गरी काठमाडौंको गौरीपार्वती निर्माण कम्पनीले ठेक्का पाएको थियो । तर, काम अझै सकिएको छैन ।

इन्जिनियर वीरेन्द्र यादवका अनुसार सहिदको प्रतिमाबाहेक ९५ प्रतिशत काम सकिएको छ । आउँदो फागुन पहिलो सातासम्म सबै काम सकिने उनको भनाइ छ ।

मधेस आन्दोलनमा सहादत प्राप्त गरेका धनुषाका तीन सहिदहरूको स्मृतिमा प्रवेशद्वार बनाइँदै छ । मिथिला संस्कृति झल्कने सहिदद्वारमा तेस्रो मधेस आन्दोलनका क्रममा सहादत प्राप्त गरेका नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको प्रतिमा राखिनेछ । सहिददद्वारको पूर्वपट्टि सडकछेउमा तीनै सहिदको अन्त्येष्टि गरिएको स्थल पनि छ ।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहनेछ । तीनवटा पिलरमा तीनैजना सहिदको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.