काठमाडौं, असार २९ । पछिल्लो २४ घण्टामा देशभर २ सय ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । ३ हजार १७५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७७ तथा एन्टिजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा मात्रै १ सय जना नयाँ सङ्क्रमित थपिएका छन् भने ललितपुरमा १८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
यही अवधिमा थप ४५ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार ५ पुगेको मन्त्रालयले जनाएको छ । नवलपुर टुडेबाट साभार















