Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नरभक्षी बाघ थुन्न खोर निर्माण

नरभक्षी बाघ थुन्न खोर निर्माण
नवलपुर। चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ थुन्नका लागि दुई वटा नयाँ खोर निर्माण गरिएको छ। देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बाघ राख्नका लागि सङ्घीय सरकारको वन मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज आयोजनाबाट रु २५ लाखको लागतमा खोर निर्माण गरिएको निकुञ्जले जनाएको छ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले देशका विभिन्न भागबाट नियन्त्रणमा लिएर आएका नरभक्षी बाघ राख्नका लागि कसरामा चार कोठे खोर निर्माण गरिएको जानकारी दिनुभयो। “वन मन्त्रालयबाट खोर निर्माणका लागि रु ४० लाख विनियोजन भएर आएको थियो, तर हामीले रु २५ लाखमा खोर निर्माण सम्पन्न गरेका छौँ”, तिवारीले भने, “चार कोठे खोर निर्माण गरिएको भए पनि त्यहाँ दुई वटा मात्रै बाघ राख्ने क्षमता छ।” गत आर्थिक वर्षमा सुरू भएको खोर निर्माण कार्यले यही असारमा पूर्णता पाएको हो।
निकुञ्जमा रहेका तीन वटा खोरमध्ये मुख्यालय कसरामा रहेको एउटा खोर पुरानो भएकाले जीर्ण भइसकेको छ। निकुञ्जको मुख्यालय कसरामा रहेको जीर्ण खोरमा समेत अहिले बाघ राख्नुपर्ने अवस्था रहेकाले नयाँ खोर निर्माण गरिएको हो। बाघ राख्न खोरको अभाव भएसँगै चितवन राष्ट्रिय निकुञ्जले नयाँ खोर निर्माण गरेको हो।
चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका जिल्लासहित अन्य बाघ पाइने जिल्लामा बाघले मान्छेमाथि आक्रमण गर्ने सिलसिला बढेसँगै नयाँ खोर निर्माण गर्नुपर्ने बाध्यता थियो। निकुञ्जमा खोरको अभाव थियो। यसअघि निकुञ्जको मुख्यालय कसरामा दुई वटा तथा निकुञ्जको पूर्वी सेक्टर कार्यालय कसरामा दुई वटा खोर थिए।
कसरामा रहेको एउटा खोरमा चितवनबाटै नियन्त्रणमा लिइएको नरभक्षी बाघ र अर्कोमा बाँकेबाट ल्याइएको नरभक्षी बाघ राखिएको छ भने सौराहाको खोरमा पनि चितवनमै नियन्त्रणमा लिइएको नरभक्षी बाघ राखिएको छ। विभिन्न स्थानमा मान्छेमाथि बाघले आक्रमण गरेपछि ल्याइएका तीन वटा नरभक्षी बाघ अहिले चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ। नियन्त्रणमा लिइएका बाघलाई व्यवस्थापन गर्न खोरको अभावले कठिन हुने निकुञ्जले बताउँदै आएको थियो।
गत आर्थिक वर्ष २०७८र०७९ मा नवलपुर र चितवनमा गरी बाघले आक्रमण गर्दा १६ जनाले ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए। बाघको गतिविधि र मान्छेमाथि हुने आक्रमणलाई अध्ययन गर्दा चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको हुनसक्ने निकुञ्जको अनुमान छ। केही महिनाअघि सम्पन्न राष्ट्रिय बाघ सर्वेक्षण, २०२२ को नतिजा अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर २९ जुलाई ९साउन १३ गते०का दिन सार्वजनिक गर्ने तयारी भइरहेको छ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ पाइने गरेको छ। बाघको सङ्ख्या १२ वर्षको अवधिमा दोब्बर बनाउने लक्ष्यसहित नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा प्रतिबद्धता जनाएको थियो। सन् २००९ मा गरिएको बाघ गणनामा नेपालमा रहेको बाघको सङ्ख्या १२१ लाई आधार मानेर सन् २०२२ मा दोब्बर बनाउने प्रतिबद्धता नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको थियो।
नेपालले तोकिएको लक्ष्य सन् २०१८ मा नै भेटाउन लागेको थियो। त्यसबेला नेपालमा २३५ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो। पछिल्लो गणनानुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ गरी जम्मा २३५ वटा बाघ भेटिएका छन्।
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला

ADVERTISEMENT

ट्रेन्डीङ्ग

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

स्टिमेटविपरीत सडक निर्माण भएको आरोप, लहान–१ मा स्थानीयको विरोध

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

भगवानपुरमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, आधुनिक कृषिमा जोड

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

सिरहाको सितापुर प्रहरीले घटनास्थलमा प्रहरी नपुग्दा जनविश्वास कमजोर बन्दै गएको स्थानीयको दाबी

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

लहानको गोल्डेन फ्युचर एजुकेशनल एकेडेमीद्वारा नयाँ विद्यार्थीलाई भव्य स्वागत

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

हिंसा प्रभावित महिलालाई आत्मनिर्भर बनाउन चप्पल बनाउने तालिम

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बालविवाह न्यूनीकरणदेखि पीडित संरक्षणसम्मका विषयमा गहन छलफल

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

बाल श्रम अन्त्यको अभियान सफल, खडक बन्यो बाल श्रममुक्त नगर

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.