Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

तस्करी विरुद्ध डिआईजी ठाडा मगरको एक्सन : धमाधम पक्राउ पर्दै तस्करीको समान

तस्करी विरुद्ध डिआईजी ठाडा मगरको एक्सन : धमाधम पक्राउ पर्दै तस्करीको समान

महाेत्तरी। सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले मधेस प्रदेशमा अबैध काम गर्ने माथी धमाधम एक्सन चाल्न सुरु गरेका छन् । बेला बेला भारतबाट नेपाल तर्फ अबैध रुपमा नियार्त गर्ने गिरोह सक्रिय रहेको खबर सार्वजनिक हुँदै आएको थियो।

सशस्त्र प्रहरी बलको मधेस प्रदेशस्थित बाहिनीबाट शुक्रबार राति खटिएको टाेलीले सर्लाहीबाट चाैध लाख बाईस हजार बराबरको तस्करीको सामान बरामद गरेको छ । सर्लाहीको बलरा – ३ स्थित छताैनाबाट भन्सार छलि गरेर तस्करी गरि ल्याएको सामान बरामद गरेको हो । उक्त सामान मिश्रीलाल र अर्जुन लाल कुशवाहकाे भएको समेत सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर – २ छिन्नमास्ता बाहिनी मुख्यालयले आर्थिक वर्ष २०७८÷७९ मा ५३ करोड ८५ लाख १८ हजार ५८० रुपैयाँ बराबरको अवैध सामान भन्सार दाखिला गरेको छ । मधेश प्रदेशका ८ जिल्लाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको अवैध सामाग्री भन्सार दाखिला गरिएको छिन्नमास्ता बाहिनीका बाहिनीपति एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) गणेश ठाडामगरले जानकारी दिए ।

ADVERTISEMENT
ADVERTISEMENT

डिआईजी मगरका अनुसार सोही अवधिमा १ करोड ५२ लाख ९८ हजार ३९० रुपैयाँ बराबरका अवैध पशु चौपाय भन्सार दाखिला गरिएको छ । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेका चौपाय प्रदेशका विभिन्न स्थानबाट बरामद गरी भन्सार दाखिला गरिएको डिआईजी मगरले जानकारी दिए ।

१ करोड ३९ लाख ३० हजार ९७२ रुपैयाँ बराबरको ४ हजार ३५२.८८ क्यूबिक फिट काठ पनि सशस्त्र प्रहरीले बरामद गरेको छ । बाहिनी मातहतका विभिन्न सशस्त्र प्रहरी बल एवम् बिओपीहरुको टोलीले जिल्लाका विभिन्न स्थानबाट उक्त परिणाम बराबरको काठ बरामद गरेको हो ।

मधेश प्रदेशका आठै जिल्लाबाट सशस्त्र प्रहरीले २ हजार ३८४.९५ किलोग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गर्नुका साथै ६० विघा १७ कट्ठा १० धुर क्षेत्रफलमा लगाइएको गाँजा पनि फडानी गरिएको छ । ३१.९२ किलोग्राम चरेश बरामद गरेको सशस्त्र प्रहरीले १७३ मिलिग्राम ब्राउन सुगरसहित ३७ हजार ५२१ पिस प्रतिबन्धित लागुऔषध ट्याब्लेट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमास्ता बाहिनीले उपलब्ध गराएको तथ्यांकअनुसार सोही अवधिमा २६ लाख ९८ हजार ७५७ रुपैयाँ बराबरको सुनचाँदी बरादम गरिएको छ । अवैध रुपमा ल्याइएको १७ लाख ५९ हजार ७०१ भरतीय मुद्रा र २ करोड ५४ लाख १२८ नेपाली मुद्रा बरामद गरिएको तथ्यांकमा उल्लेख छ । ७ लाख १४ हजार ५ सय बराबरको जाली नोट र ३३ लाख ९० हजार नक्कली पैँसा बनाउने कागम पनि बरामद गरिएको डिआईजी मगरले जानकारी दिए ।

ADVERTISEMENT

डिआईजी मगरका अनुसार १ हजार ३८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । बेचबिखनमा परेका ४६ जना चेलीबेटीको उद्धारसमेत गरिएको छ भने विभिन्न अपराधिक गतिविधिमा संलग्न २१३ जनालाई पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाइएको डिआईजी मगरले बताए ।

चालु आर्थिक वर्षमा सबै गरेर अर्बाै बराबरको राजस्व दाखिला गर्न सफल भएको डिआईजी मगरको भनाई छ ।यसरी कराेडाै कराेड रूपैयाँ बराबरको तस्करीको सामान भित्रिने गरेको यो तथ्यांकले पनि देखाउछ । तर यो तस्करी कहिले र कसरी नियन्त्रण हुन्छ भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण सवाल रहेको छ।

Share this:

  • Twitter
  • Facebook
mm

प्रदिप सिंह

सम्बन्धित - समाचार

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

ADVERTISEMENT

ट्रेन्डीङ्ग

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

सिरहाको सखुवानन्कारकट्टी ५ मा कांग्रेसको वडा अधिवेशन सम्पन्न, सियाराम यादव सभापतिमा सर्वसम्मत चयन

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

लहानमा रास्वपाप्रति बढ्दो आकर्षण, दर्जनौं महिला पार्टी प्रवेश

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

महिलाको अर्थपूर्ण प्रतिनिधित्वका लागि गोलबजार–भगवानपुरमा ‘अनुपम अभियान’ कार्यक्रम

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

लहान प्रादेशिक अस्पतालसँग २८ वर्षदेखिको नङ – मासु सम्बन्ध ५ बेन्च सहयोग

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

सामाजिक सञ्जालमा उम्मेदवारीको चर्चा, चुनावमा पराजय; जनसेवाको यात्रामा अझै उस्तै सक्रियता

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

गोल्डेन फ्युचर एकेडेमीमा बालबालिकाले यसरी मनाए राष्ट्रिय बाल दिवस

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.