म्याग्दी, । अविरल वर्षासँगै गएराती गएको पहिरोमा परी म्याग्दीमा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्लाको मालिका गाउँपालिका–२ रुम गाउँका घामबहादुर विकको पहिरोले घर पुरिँदा १३ वर्षका छोरा राजन विक र १५ वर्षको नविन विकको मृत्यु भएको हो । घरमाथिको पाखोबाट आएको पहिरोले तीनवटा घर पुरिँएको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सो पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी अझै बेपत्ता रहेको र स्थानीयबासीले उनीहरुको खोजीकार्य गरिरहेका छन् ।
स्थानीयबासीले पुरिएको घरबाट दुईजनाको शव निकालेको र बेपत्ता भएकाहरुको खोजी गरिरहेको जानकारी दिए लगत्तै इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ खटिएका छन् ।















