राैतहट,। रौतहटमा नक्कली नेपाली नोटसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बौधीमाई नगरपालिका ४ ईनरवारिका २० वर्षीय संतोष पटेल, २९ वर्षीय देवनारायण दास, २२ वर्षीय फुल महमद र २४ वर्षीय नौषाद आलम रहेका छन ।
नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका–३ जिउताही टोलमा लागेको मेलामा उनीहरूले नक्कली नोट दिएर सामान खरिद गरेका थिए । उक्त मेलाका पसलेले नक्कली रुपियाँ दिएर समान खरिद गरेको भनेर इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएका थिए।
सोही निवेदनका आधारमा प्रहरीले सन्तोष पटेललाई पक्राउ गरी चेकजाँच गर्दा एक हजारको १ थान नक्कली नोट फेला परेको तथा पसलेबाट एक हजारको १९ थान गरी कुल २० हजार नक्कली नोट फेला परेको थियो।















