काठमाडौ । दिवंगत काँग्रेस नेता प्रदीप गिरिको पार्थिव शरीर आइतबार बिहान ११ः ३० देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।
शनिबार काँग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्माले शोक विज्ञप्ति जारी गरी सो कुराको जानकारी दिएका हुन् । त्यसअघि बिहान ९ बजेदेखि ११ बजेसम्म गिरिको पार्थिव नेपाल मेडिसिटी अस्पताल ललितपुरको शिवालयमा श्रद्धाञ्जलीका लागि राखिने विज्ञप्तिमा जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली दिएपश्चात गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिने बताइएको छ ।
गिरिको शनिबार राति ९ः ३६ मा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको थियो ।















