Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

जसपाले लुम्बिनी प्रदेशमा २९ जना उम्मेदवारी दर्ता

जसपाले लुम्बिनी प्रदेशमा २९ जना उम्मेदवारी दर्ता

बुटवल । जनता समाजवादी पार्टी, नेपालले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ लुम्बिनी प्रदेशमा २९ जनाको उम्मेदवारी दर्ता गरेको छ। संघीय सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि जसपाको तर्फबाट बाँकेको क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन्।

सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गर्न पुगेको जसपाले तराई मधेशका १४ जिल्लाहरूमा चुनावी तालमेल गरेको छ। जसअन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी, रूपन्देही र कपिलवस्तुमा चुनावी तालमेल गरी बाँकी जिल्लाहरूमा एकल उम्मेदवारी दिएको जसपाले प्रदेशका ९ जिल्लाहरूमा उम्मेदवारी दर्ता गराएको छ। जसपाको तर्फबाट बर्दिया क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि रेशमबहादुर खत्रीले उम्मेदवारी दिएका छन् भने सोही क्षेत्रको प्रदेशसभातर्फ १(१)मा दिलीप बर्मा र १ (२)मा कृष्ण यादवले उम्मेदवारी दिएका छन्।

त्यस्तै क्षेत्र नं. २ को प्रदेशसभातर्फ २(१) मा शान्ता पौडेल र २(२) मा मोहम्मद नसिब खानले उम्मेदवारी दिएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

बाँके अन्तर्गत क्षेत्र नं. १ को प्रतिनिधि सभातर्फ रामबहादुर यादव तथा प्रदेशसभा तर्फ १ (१) मा अम्मरबहादुर खड्का र १ (२) मा लालबहादुर शाह उम्मेदवार बनेका छन्। त्यसैगरी क्षेत्र नं. २ मा भौतिक पूर्वाधार विकास मन्त्री तथा जसपा लुम्बिनी प्रदेशका इन्चार्ज मोहम्मद इस्तियाक राई प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ २ (१) मा आदेश अग्रवाल र २(२) मा भण्डारीलाल यादवले उम्मेदवारी दिएका छन्। बाँकेकै क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि नोयेन्द्र धिताल उम्मेदवार बनेका छन् भने प्रदेशसभा तर्फ ३ ( १) मा गयासुद्दीन खान र ३ (२) मा विजय कुमार पाठकले उम्मेदवारी दिएका छन्। दाङको क्षेत्र नं. १ को प्रदेशसभातर्फ १(१) मा जगतराम यादव उम्मेदवार बनेका छन् भने क्षेत्र नं. ३ को प्रतिनिधि सभातर्फ देवीलाल डाँगी उम्मेदवार बनेका छन्।

जसपाले अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यका लागि नेत्र थापालाई उम्मेदवार बनाएको छ भने प्रदेश सभातर्फ टुकबहादुर तेवालीलाई उम्मेदवार बनाएको छ। त्यस्तै गुल्मीको प्रदेश सभातर्फ घनश्याम पाण्डेलाई उम्मेदवार बनाएको छ। पार्टीका तर्फबाट पाल्पा क्षेत्र नं. १ मा मेहरमान राना प्रतिनिधि सभाका उम्मेदवार बनेका छन्। क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि द्रुपता सोमै उम्मेदवार बनेका छन् भने प्रदेशसभातर्फ २ (१) मा खिकबहादुर रेश्मी उम्मेदवार बनेका छन्।

ADVERTISEMENT

नेकपा एमालेसँग चुनावी तालमेलमा रहेका तीन जिल्लाहरूतर्फ भने जसपाले नवलपरासीको क्षेत्र नं. २ को प्रदेशसभा २ (२) मा धरेन्द्र यादवलाई उम्मेदवार बनाएको छ। रुपन्देहीमा तीन सिट पाएका जसपाले क्षेत्र नं. ३ को प्रदेशसभातर्फ ३ (१) मा मेहन्द्र यादवलाई उम्मेदवार बनाएको छ। रुपन्देही क्षेत्र नं. ४ को प्रतिनिधि सभातर्फ ओमप्रकाश यादव गुल्जारी उम्मेदवार बनेका छन् भने ४ कै प्रदेशसभातर्फ ४ (२) का लागि राम अवतार यादव उम्मेदवार छन्।

त्यसैगरी कपिलवस्तुमा प्रदेश सभातर्फ तीन जनाको उम्मेदवारी परेको छ। क्षेत्र नं. १ को प्रदेशसभातर्फ १ (२) मा मेवालाल यादव, २ (२) मा अब्दुल रसिद खान र ३ (२) मा अशोककुमार यादवले उम्मेदवारी दिएका छन्।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

औपचारिक शिक्षाबाट छुटेकालाई आजीवन सिकाइको अवसर

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

समाजसेवी जयकिशोर यादव नवराजपुरका गरिब तथा विपन्न परिवारका सहारा बन्दै

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.