Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप


मुख्यमन्त्री राउत र अध्यक्ष यादवले ‘बिदेशी जेहादी’ बाट चन्दा लिएको आरोप

राजबिराज,कार्तिक २८ । सप्तरीमा राष्ट्रिय एकता अभियानले जनता सतेचना अभियान चलाएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा उक्त अभियानले मधेसमा बढको जिहादविरुद्ध प्रदर्शन गर्दै जनता सचेतना अभियान सुरु गरेको छ ।
शनिबार सप्तरीको राजबिराजमा अभियानका अध्यक्ष विनय यादवको अध्यक्षता गरिएको प्रदर्शनमा अध्यक्ष उपेन्द्रयादवले चीन र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा जिहादी गतिविधिलाई बढाव दिएको भन्दै चर्को नाराबाजी गर्नुका साथै बुकलेट समेत बाडेको थियो । यसैगरी आइतबार राजविराज नगरपालिकाको वडा नम्बर ६मुसहरी गाउमा घरदैलो कार्यक्रम गर्र्दै जनतालाई सचेत गराउने कार्य गरिएको अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहले बताइन । चुनाव अवधीसम्म आफुहरुले घरदैलो गर्दै बुकलेट बाटने अभियान जारी राख्ने साहको भनाइ थियो ।गत चुनावमा तत्कालीन उपेन्द्र यादवको पार्टीको महिला नेत्री रहेको साह मधेस आन्दोलनको मर्म बिपरित उपेन्द्र यादव सत्तालिप्सामा लागेकोले आफुहरु उनको बिरोधमा उत्रेको बताउदै भनीन,उहालाई जसरी र जुनरुपमा पनि सत्ता चाहिएको छ ,त्यसैले जनमतलाई सचेत गराइ रहेका छै ।’
अभियानले बाडिरहेको बुुकलेटमा ‘नेपालमा जिहाद भन्ने कुरा नौलो र कम चर्चामा आएको एउटा यस्तो विषय हो, जसले यहाँको धर्म, संस्कृति र राष्ट्रिय तथा व्यक्तिगत रुपमा सुक्ष्म सुरक्षा चुनौती सिर्जना गरेको छ,’ ‘भुसको आगो जस्तो सल्किरहेको जिहाद अदृश्य गतिविधि पछिल्लो समयमा अब सतहमा पनि मुखर हुन थालेको छ।’उल्लेख गरिउको छ ।अभियानद्धारा बितरीत बुकलेटमा विदेशी जेहादी संगठनहरुबाट मुख्यमन्त्री राउतले करोडौ रुपैया चन्दा लिएको आरोप लगाइएको छ ।

अभियानका अध्यक्ष विनय यादवले तराई मधेश जिहादको निशानामा रहेको दाबी गरे । उनले भने, ’उपेन्द्र यादव नेतृत्वको पार्टी जसपाको संरक्षणमा र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको अगुवाईमा बिदेशी जिहाद गतिविधि बढिरहेको छ।’त्यसबाट सचेत गराउन हामी यो अभियान सुरु गरेका हौ ।’जिहादको नाममा नेपाली चेलीहरुको अपहरण भईरहेको बताउँदै गौ हत्या, गौ तस्करी, मठमन्दिर अतिक्रमण भइरहेको अध्यक्ष यादवले बताए ।उनले जिहादविरुद्ध एउटा जागरणको टड्कारो महशुस गर्दै राष्ट्रहीत र जनहीतमा जागरण अभियान सञ्चालन गरिएको बताए ।

ADVERTISEMENT

धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्नु पर्ने आफुहरुको धारणा रहेको यादवको भनाइ थियो ।
राष्ट्रिय अभियानको प्रर्दशन पछि उपेन्द्र यादवका स्थानिय नेता तथा कार्यकर्ताहरुले समाजिक संजालनद्धारा मधेसमा सम्प्रदायीकता फैलाउने खोजिएको आरोप लगाएका छन् ।चुनावको समयमा तपाइहरु धार्मिक सम्प्रदायीकता फैलाउदै हुनु हुन्छ भन्ने आरो लागी रहेका छ नि ?प्रश्नको जवाफमा अध्यक्ष विनय यादवले आफुहरु सम्प्रदायीता होइना सौहर्दता कायम गर्न खोजेको हो बताउदै भने,हिन्दु भन्दा पनि यहाका मुस्लीहरुलाई सजग हुन जरुरी छ,सदियो देखि हामी सबै एक भएर बस्दै आएका छौ ,तर विगतका पाच बर्षमा मुख्यमन्त्री लालबाबुले विदेशी जेहादीहरुलाई भित्र्याएर सम्प्रदायीकता फैलाएका छन।जसको ज्वलन्त उदाहरण हो ,रौतहटको साधु हत्याकान्ड,कारोना अगाडि राजविराजमा भएको अन्र्राष्ट्रिय जलसा,महोत्तरीको हिन्दुमस्ली सम्प्रदायीक दगां ,यति मात्र होइन राज्यकोषबाट मधेस भरी पांच बर्ष मदर्सा र मस्जिद बनाउने अभियान चलाइएको छ ,इदगाह ,कबर गाहको नाउमा एैलानी गौचरहरु अतिक्रमण गर्ने काम भएको छ र यो सबै देखाएर अर्बियन मुलुक लगायत पाकिस्तान तथा विभिन्न जेहादी अर्बौ रुपैया मुख्यमन्त्रीले चन्दा लिएका छन् ।’
विगतमा मधेस आन्दोलनको नाउमा मलेठ,गौर घटना घटाउने उपेन्द्र यादवले अहिले सत्तको लागी मुस्लीम यादवको जातिय समिकरणबाट बच्न सबैलाई आफुहरु यो अभियान चलाएको अध्यक्ष बिनय यादवको भनाइ थियो ।उनले भने,हिन्दु मात्र होइन हामि मुस्लीमहरुलाई पनि सचेत गराइ रहेका छौ सत्ताको लागी जे पनि गर्ने बहुरुपीयाहरुबाट तपाईहरु बच्नुस ।’
मुख्यमन्त्री राउतको लागी भ्रष्ट्राचार चुनौती,चुनाव जितेपनि निलम्बनमा पर्ने चर्चा
चुनाव नजिकैदै जादा मुख्यमन्त्री प्रतिको जनमत खस्कीदै गएको छ । मंसिर ४ गते हुने निर्वाचनमा मधेस प्रदेशका मुख्यमन्त्री मोहमद लालबाबु राउत पर्सा निर्वाचन क्षेत्र नं. १ को (ख)बाट उमेदवारी दिएका छन । बिपक्षी उम्मेदवारहरुले उनले गरको भ्रष्ट्रचार,अनिमितता र साइकल खरिदमा अख्तियारले दर्ताको मुदालाई मुख्य मुदा बनाएका छन । अघिल्लो पटक मधेस केन्द्रित दलहरुको गठबन्धनबाट निर्वाचन जितेका राउतलाई यसपटकको चुनाव जित्न हम्मेहम्मे पर्ने देखिन्छ । बिपक्षीले उठाएका प्रश्न आफ्नै क्षेत्रमा भएको भ्रष्ट्राचार र अनियमितता तथा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत अलपत्रमा परेका विभिन्न महत्वकाक्षी योजना बारे जनताले उठाएका प्रश्नको जवाफ दिन मुख्यमन्त्रीलाई हम्मे हम्मे परेको छ ।
सबै उम्मेदवारहरु चुनावमा संचार माध्यमहरुसंग नजिकि रहेको बेलामा मुख्यमन्त्री राउत पत्राकारसंग कुरा कुरा नगर्ने रणनिति बनाएका छन् । मधेस आन्दोलनको रापतापमा अघिल्लो पटक चुनाव जितेका मुख्यमन्त्री राउतले मधेसी जनतालाई दिएको आश्वासन पुरा गर्न नसकेको भन्दै राउतका निर्वाचन क्षेत्रका जनता उनी प्रति रुष्ट छन् । एमालेसंग जनता समाजबादी पार्टीले गरेको गठबन्धन र मुख्यमन्त्री राउतले पांच बर्षमा गरेको भ्रष्ट्राचार तथा निर्वाचन क्षेत्रमा भएको बजेट दुरुपयोगका कारण चुनावी महौल मख्यमन्त्रीको बिपरित बन्दै गएको छ ।
विगतमा मधेसीदलको लागी भोटबैकको रुपमा रहेको नगवाका राकेश चौरसियाले भने,‘मुख्यमन्त्रीका अधिकांश ठूला योजनाहरु अलपत्र परेका, आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई ठेक्का दिएर कमिशन खाएकालेको पनि बनेका सडकहरु पनि कतिपय ठाउमा एक बर्ष नवित्दै भत्किदै छ ।’
वीरगञ्जलाई मधेसको राजधानी बनाउछुँ भनेर वीरगञ्जका जनतामाथि घात गरेको आरोप समेत मुख्यमन्त्री माथी लाग्ने गरेको छ ।चनावी प्रचार प्रसारमा गाउहरुमा जांदा ‘नाकाबन्दी वीरगन्जमा भयो,राजधानी कहा बनाउनु भयो ?भने प्रश्न आम युवाले उठाइ रहेका छन ।

ADVERTISEMENT
ADVERTISEMENT

एमालेसंग गठबन्धन भएपनि जसपाकै नेताहरुले एमालेको भागबन्डामा परेको क्षेत्रमा उठाएको वागी उम्मेदवारले पनि गठबन्धनलाई ठगबन्धन भन्न थालिएको छ । । एमालेको कुरा छोडनुस पार्टीकै नेताहरु मुख्मन्त्री नजितुन भने चाहनामा रहको जसपाका एक नेताले दाबी गरे । केन्द्रिय अध्यक्ष उपेन्द्र यावदका खास मान्छेको रुपमा चिनिने एक केन्द्रिय सदस्यले मुख्यमन्त्री राउत जिते पनि निलम्बनमा पर्ने ठोकुवा गरे । उनले भने,‘केन्द्रिय अध्यक्षको धेरै भनसुनमा मात्रै साइकल खरिदको एउटा मुदाबाट मुख्यमन्त्री जोगीनु भएको हो ,तर अहिले धेरै मुदाहरुको छानविन भइरहेको छ ,उहा चुनाव जितेपनि निलम्बनमा पर्ने निश्चित छ ।’उहाको इज्जत जोगाउन मात्र टिकट दिइएको बताउदै उनले भने,‘ मुख्यमन्त्री कार्यालयबाट योजना तथा साइकल खरिदको अर्को लटको फाइल लगायत छारी बिमामा बैकहरुसंग भएको मिलीभगत सबैको छानबिन भइरहेको छ ।निलब्नबाट जोगीने कुरै छन् ।’
पाँच बर्षे कार्यकालमा भएको भ्रष्ट्राचार र आफूले गरेका प्रतिवद्धता पुरा गर्न नसकेकोले चुनाव जित्न कठिन देखिन्छ । पर्साका जिल्लाको पोखरी सौन्दर्यको नाउँमा आएको करोडौको बजेट दुरुपयोग,आफ्नै दलका प्रदेश सभासदस्यका निर्माण कम्पनिले अधिकांस ठेक्का पाउनु संयोग नभएको भन्दै मुख्यमन्त्री बिपक्ष तथा स्थानिय संचार माध्यमले उठाएको प्रश्नमा, मुख्यमन्त्रीका मौनल बस्नुले बिपक्ष चुनावमा झन आक्रामक बन्दै गएको छ ।
आफ्नै कार्यकर्ताद्धारा लक्षुमनवा निर्माण गरेको तरकारी वजार अलपत्र छ, पर्यटन पूर्वाधारका लागि मुख्य मन्त्री राउतले मुख्यमन्त्री राउतले हाल सम्म ७ अर्ब रुपैया खर्च गरेका छन् । उनले खर्च गरेको अधिकांस रकम मन्दिर मस्जिद कबरगाह बाहेक मधेस प्रदेशको कुनै एक ठाउँलाई सुन्दर पर्यटकीय स्थल निर्माण गरिएको देखिदैन ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.