सिरहा। विजय ¥यालीमा सहभागी भएकाहरुले ढुंगा प्रहार गरेर घरको सिसा फुटाएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले सिरहाको गोलबजारस्थित अवरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग खुल्यो ।
राजमार्ग अवरुद्ध गरेर माओवादीका कार्यकर्ताहरुले बिरामीको गाडि समेत चल्न दिएको थिएन् । जुनसुक्कै गाडि आउदा आक्रमक शैलीमा आन्दोलनकारीहरुले झ्टिन खोजेको प्रत्यक्षदर्शीहरुले बताएका हुन् । सडकको बीच भागमा टायर बालेको थियो । अवरुद्धका कारण हजारौं गाडिहरु रोकिएको थियो ।
¥यालीमा सहभागी भएकाहरुले गोलबजार नगरपालिकाका पूर्व नगरप्रमुख देवनाथ साहको घरमा ढुंगा प्रहार र केही व्यक्तिलाई कुटपिट समेत गरेको आरोप लगाउदै नेकपा (माओवादी) ले राजमार्ग अवरुद्ध गरेको थियो । दोषीमाथि कारवाही गर्ने शर्तमा बन्दका क्रियाकलाप फिर्ता लिएपछि राजमार्ग सुचारु भएको हो ।
घटनाबारे चासो लिदै नेकपा माओवादी केन्द्रका सिरहा जिल्ला इन्चार्ज अजय शंकर नायक,तेली कल्याण समाज नेपाल, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष मो.मुस्ताक, अखिल क्रान्तिकारीका अध्यक्ष रामउदगार यादव, अनेरास्वबियुका जिल्लाा अध्यक्ष सुरेश कुमार यादव लगायतले विज्ञप्ती निकालेको संचारमाध्यममा उल्लेख छ ।
ढुंगा प्रहारको आरोपबारे एमाले ठाडो अस्वीकार गरेको छ । ¥यालीमा सहभागी भएकाहरु मध्ये कसैले ढुंगा प्रहार नगरेको सिरहा एमालेको ठहर छ । ‘सिरहा क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित लिलानाथ श्रेष्ठको विजय ¥यालीमा अवरोध सृजना गर्न विपक्षीले अलोकतान्त्रिक कार्य गरेको छ,’एमाले सिरहा जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले भने,‘लोकतान्त्रिक प्रक्रिया अनुरुप आएको परिणामलाई स्वीकार नगर्ने र शान्ति सद्भावमा असर पार्ने, बदनामी पैmलाउने र द्धन्द्ध सृजना हुने क्रियाकलाप अबिलम्व बन्द गर्न आग्रह गर्दछु ।’
आग्रहलाई अवज्ञा गर्दै गरिने क्रियाकलापबाट उत्पन्न हुने घटनाक्रमको सम्पूर्ण जिम्मेवारी माओवादीलाई लिनुपर्ने एमालेको ठहर छ । निर्वाचित प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठ चढ्ने गाडिको रंग रातो रहेकोले त्यही गाडिलाई ताकेर देवनाथ साहको घरबाटै पाइप जस्तो रेलीङ्गको टुक्रा र ढुंगा प्रहार गरेको गाडि चालक श्रीराम महतोले बताए ।
‘कलर मात्र रातो थियो गाडि भने नवनिर्वाचित प्रदेशसभा सदस्य मनोज कुमार सिंहको थियो,’उनले भने,‘प्रहारबाट गाडिको सिसा फुट्यो । सवार सबै बालबालिका अन्यहरु चिच्याए । उनीहरु त्रसित बन्यो । के भयो भन्दै गुहार माग्न थाले ।’ ढुंगा प्रहारबाट अगाडिको सिसा र पछाडिको केही भागमा असर गरेको उनले थपे ।
पराजयबाट आक्रोशित भएका माओवादीले बद्नामी र बदला लिन विभिन्न जालझेल गर्न लागेको सिरहा एमालेको ठहर छ । ‘चुनाव जिते पछि बजार क्षेत्रमा रहेको मन्दिरमा दर्शन गर्न गएको थियो,’प्रत्यक्षदर्शीहरुले भने,‘साझको समय थियो । अचानक ढुंगा प्रहार हुन थाल्यो । भागा—भाग हुन थाल्यो ।’
ढुंगा प्रहारको कुरा उठाउनु, राजमार्ग अवरुद्ध गर्नु, एक पछि अर्को विज्ञप्ती निकाल्नु र धाकधम्की दिँदै गाउँ–गाउँमा व्यक्तिहरुलाई खोज्नु र जथाभावी रुपमा गालीगलौज शब्द प्रयोग गर्नु जस्ता घटनाक्रमले अप्रिय घटनाको संकेत गरेको एमालेको दाबी छ ।
माओवादी पार्टी र नेपाली काँग्रेसले हारको प्रतिसोध लिन गम्भीर खालको घटना गराउने योजना बनाएको कुरा प्रष्ट भएको हुँदा त्यस्ता क्रिकलापमाथि निगरानी राखेर घटनाको वास्तविक दोषी पत्ता लगाई कारवाही प्रक्रिया अगाडि बढाउन सिरहा एमालेलेको माग छ ।
सिरहा क्षेत्र नं.३ प्रतिनिधिसभा सदस्यको मत गनणाको अन्तिम चरणमा मतान्तरको ग्राफ घढ्दो क्रममा पुग्न लाग्दा एमालेको तर्फबाट प्रतिनिधित्व गरेका युवाहरुलाई लक्षित गरेर माओवादीका युवाहरुले हरेक तरिकाले हिसाव किताव गर्न तयार रहेको बताउदै कोलाहल मचाउने गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सिरहा क्षेत्र नं.३ मा सत्ता गठबन्धन प्रतिनिधिसभा सदस्यका उम्मेदवार विश्वनाथ साहलाई एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार लिलानाथ श्रेष्ठले पराजित गरे । त्यस्तै सिरहा क्षेत्र नं. ३ (क) मा प्रदेशसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रामसगुन लाई पराजित गरी एमालेका उम्मेदवार मनोज कुमार सिंह निर्वाचित भएको हो ।















