त्यस्तै भिउअर च्वाईसको विजेता नवलपरासीका रबी बर्मा भएका छन् भने पि प्रोडक्सनको ब्रान्ड एम्बाष्टर अमित यादव भएका छन् । यस्तै प्रोभिजनल टाईटलमा यसबर्ष ४ वटा टाईटल छनोट गरेको ईभेन्ट डाइरेक्टर शाहले बताए । जसअन्तर्गत प्रदेश नम्बर २ बाट सोनाली यादब, ३ बाट सलिना सावत,४ बाट युबिन पौडेल र लुम्बिनी प्रदेशबाट लक्ष्मी क्षेत्री छनोट भएका छन् ।
इभेन्टको मुख्य स्पोन्सर इडीआई ग्लोबल एजुकेसन बुटवल र ट्रफी स्पोन्सरको रुपमा आशिष स्पोर्ट एन्ड म्युजिक सेन्टर रहेको थियो भने मेकअप पार्टनरमा आश्मा ब्युटी जोन एकेडेमी, डे्रस डिजाइनिङ पार्टनरमा नेवार फेसन डिजाइनिङ इन्स्टिच्युट रहेको थियो । सो ईभेन्टमा मोडेल तथा कलाकारको पनि उपस्थिति थियो । पि प्रोडक्सनले यसअघि पनि बिभिन्न कार्यक्रमहरू गर्दै आइरहेको छ ।















