Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

सिरहा जिल्ला प्रहरी प्रमुख तिमिल्सिना बाटै उपभोक्तालाई सास्ती

सिरहा जिल्ला प्रहरी प्रमुख तिमिल्सिना बाटै उपभोक्तालाई सास्ती

सिरहा, १८ माघ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अर्जुन प्रसाद तिम्लिसिनाले उपभोक्तालाई सास्ती दिने काम गरेको छ । हरेक नागरिकले स्वतन्त्रतापुर्बक दैनिक उपभोग्यका सरसामान किनमेल गर्न पाउने अधिकार हुन्छ, तर सिरहामा भने त्यस्तो छैन ।
तपाइको घर नेपाल भारत सिमा क्षेत्र नजिक छ भने किराना पसलबाट समान किन्दा तपाईलाई प्रहरिले समात्न बेर लाग्दैन । सोमबार साँझ यस्तै भएको हो, यो फेरि कुनै नौलो कुरो छैन् । प्रहरी प्रमुख एसपी तिम्लिसिनाको मौखिक आदेशमा यस्ता कयौ उपभोक्तालाई सास्ती दिने काम भइरहेका हुन्छन् ।
प्रहरी प्रमुख एसपीको निशानामा तस्कर होइन आम उपक्तोता मात्र पर्ने गरेको जनगुनासो छन् । सिरहाको बिष्णुपुर गाउँपालिका बस्ने मनोज कुमार यादबले बिहेको भोजको सरसामान किनमेल गर्न सिरहा जिल्लाकै सिमावर्ती बजार माडर गएको थियो । उनले एक किराना पसलबाट सरसामान किनेर निस्फिक्र (म्याजिक) गाडीमा हालेर घरतिर आइरहेको थियो ।
माडरबाट निस्किने बित्तिकै नेपालप्रहरीको टोलिले बाटोमा गाडि रोकेर अनावश्यक सोधपुछ र केरकार गर्न थाल्यो । प्रहरीको व्यवहारलाई उद्धृत गर्दै मनोजले भने त्रसाउने नियतले प्रहरीले विभिन्न प्रश्न गर्दै भने,‘कहाँबाट सरसामान ल्याएको ? पसलको नाम के छ ? भन्सार तिरे छ कि नै ? पसल दर्ता छ कि नै ? भारतीय बजारबाट त ल्याएको हैन ?’
सिरहाकै माडरमा सरसामान किनमेल गरेको सुनाउदा पनि अनेकन पश्न र हप्की दप्की दिएर प्रहरी त्रसाउने काम गरेको उनले गुनासो गर्दै भने,‘संकेतमा प्रहरीले पैसा माग्न प्रयास पनि गर्‍यो ।’ मनोजका अनुसार सिरहाकै माडरमा सरसमान किनमेल गरेको हुँदा प्रहरीको कुनै व्यवहारमा त्रसित नबन्दा बिहेभोजको सरसामानको गाडि माडरबाटै पिछा गर्दै बलपूर्वक जिल्ला प्रहरी लग्यो ।
‘के भोज सोजको समान हो अहिले नै थाहा हुन्छ । जिल्ला जानैपर्छ । यो सब सरसामान तस्करी र भन्सार छली गरी ल्याएको हो । यो सबै सरसामान जफत गरी भन्सार बुझाइन्छन्,’प्रहरीको भनाईलाई उद्धृत गर्दै उनले भने,‘प्रहरीले भन्थ्यो धेरै बोलिस भने भित्र हाल्छौं । धेरै नबोल । एसपी साहवको आदेश छ । हामी तस्करी नियन्त्रण अभियानमा कडाईका साथ लागेका छौं ।’
बिहेभोजको सरसमान सिरहाकै माडर बजारमा किनमेल गरेर छिट्टै आउँछ भने आशमा बसेकाहरु प्रहरीको व्यवहार चिन्तित बनेको उनले सुनाए । ‘प्रहरीको बल अगाडि हाम्रो केही कुरा चलेन् । त्यसपछि अक्मक पर्दै अब म के गरु घरमा बिहे छ खाजा मिठाई बनाउने मिस्त्री बसेको छ सोच्दै जिल्ला प्रहरी गए,’ मनोजले थपे ।
जिल्ला प्रहरीभित्र आफ्नो सबै बेदना सुनाएको उनले बताए । ‘मेरो घरमा बिहे छ, यस्तो नगर्नुस, सर । म माडरबाट यो सबै सामान किने,मसँग एउटा कागजमा सामानको लिस्ट सहित तिरेको रकमको विवरण छ । म माडरमा रहेको किराना पसलबाट सामान किनेको छु, फोन गरेर सोधपुछ गर्नुस । एसपि साहबलाई बिहेको कार्ड लिएर देखाउदा पनि यसले चल्दैन् बढि बोलेपछि भित्र हाल्छु भनि रबाफ सैलिमा बोलेर धम्कायो,’ पिडित मनोजले भने ।
प्रहरी प्रमुख एसपीले किराना पसल संचालक अनिल भन्ने व्यक्तिलाई बोलाएर अनावश्यक सोधपुछ गरेर अबेर राती बनाएको उनले दुखेसो पोखे । अनेकौं हारगुहार गर्दा पनि प्रहरी प्रमुखको आदेशमा आधी सरसामान छोडेर बाँकी सामान पसले अनिल भन्ने व्यक्तिसँग फेरी किन्न लगाए रातको दश बजे जिल्ला प्रहरीबाट बाहिर आउन दिएको उनले सुनाए । केही दिनयता नेपाल प्रहरीले सिमावर्ती बजार तथा बाटोघाटोमा आम उपभोक्तालाई त्रसित बनाउने गरी अनावश्यक सोधपुछ गर्दै हैरान गर्ने गरेको प्रश्नको जवाफ दिँदै उपभोक्ताहरुले बताएका छन् ।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

ADVERTISEMENT

ट्रेन्डीङ्ग

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

बालेन्द्र शाह नेतृत्वको ‘गभर्मेन्ट कुरियर’, सिरहामा पासपोर्ट–नागरिकता–लाइसेन्स अब ३ दिनमै घरमै निःशुल्क

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

अन्तर्राष्ट्रिय चेसका निहाना श्रेष्ठलाई रजत पदक

१० लाख बढी नगदसहित भारतीय नागरिक लहानबाट पक्राउ

नेपाल विद्युत प्राधिकरण कञ्चनपुरका प्रमुख इञ्जिनियर महेन्द्रकुमार दास रु १,४०,००० घुससहित पक्राउ

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

सुदूरपश्चिममा ३ लाखभन्दा बढी पाठ्यपुस्तक बिक्री

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

बुद्धिचाल खेलाडी चीन र काजाकिस्तान प्रस्थान

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

सरकारी कार्यालय समय फेरियो: अब बिहान ९ बजेदेखि साँझ ५, हप्तामा दुई दिन बिदा

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

एसईईमा कडाइ: सिरहाका ९ केन्द्रबाट १९४ मोबाइल र २ स्मार्ट वाच बरामद, ६ जना निष्कासित

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

धनगढीमाईमा ट्राफिक एक्सन: लापरवाह चालकलाई रोक्दै सचेतना अभियान सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.