महेश सिंह सिरहा लहान ६ चैत – सिरहाको लहानमा द्वाेन्द पीडितलाई न्यायका लागी १ दिने क्षमता अभिवृद्धि तालीम सम्पन्न भएको छ।
संचालन गरेका छन्। २०६२/ २०६३ सालमा माओवादी आन्दोलनका बेला राज्य पक्ष र बिद्रोही पक्षबाट ज्यान गुमाएका पीडित परिवारले राज्यबाट क्षेतीपुर्तीका लागी अर्थात राज्यबाट पीडित रहेका द्वाेन्द पीडित परिवारलाई न्यायमा पहुँचको लागी क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेका छन्।
समग्र जनउत्थान केन्द्र लहानको आयोजना र ईन्टरनेशनल अलर्ट आर्थिक सहयोगमा सिरहाको लहान नगरपालिका र धनगढीमाई नगरपालिका अन्तर्गत रहेका पीडितलाई न्यायका लागी पछिल्लो केही महिना अगाडी गठन गरिएको न्यायका लागी नागरिक संजाल अन्तर्गत पीडितलाई तालीम दिएका छन्।
न्यायका पहुँचबाट टाढा रहेका पीडितलाई न्याय पाउन भने उदेश्यले संजाल गठन गरेका छन्। न्यायमा पहुँच सबलिरण कार्यक्रम अन्तर्गत कार्यक्रम संचालन गरेका छन्। लहान नगर पालिकाले दिएको द्वाेन्द पीडितको तथ्यांक ५३ जना र वास्तविक पीडित ५४ जनाको तथ्यांकमा छुट्टेको अवस्था छ।
द्वाेन्द पीडितले न्याय पाउनु पर्ने भन्दै पछिल्लो ७ महिना देखि संजालले अवाज उठाउदै आएका संजालको अध्यक्ष सुधा यादवले बताए।
तालीममा लहान र धनगढी गरी जम्मा ३० जनाको सहभागीता रहेको परियोजना अधिकृत राम कृपाल साहले जनाए। पीडितलाई सक्षम बनाउन चर्चित अधिवक्ता राज कुमार महासेठ,ईन्टरनेशनल अर्लटका मान बहादुर अधिकारी राम कृपाल साहले सहभागीलाई सहजीकरण गरेका नितु बछारले जानकारी दिनु भयो।















