Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

आज बडादसैँको टीकाको दिन । गाउँलेहरु हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला यहाँको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगन तेर्सो आउने बाटो हेर्दै बितिरहेको छ ।

स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत साउन २३ गते साँझ घरबाट निस्किएपछि अहिलेसम्म फर्किएका छैनन् । छोरा बेपत्ता भएपछि गुरुङ दम्पतीको घर सुनसान छ । विगत तीन वर्षदेखि मिर्गौलाको डायलासिस गराइरहेकी उत्तमकी ५० वर्षीया आमा राजकुमारी गुरुङ छोराको चिन्ताले झनै थलिएकी छिन् । ‘घरबाट केही नभनी निस्किएको छोराको अवस्था थाहा छैन’, गहभरि आँसु पार्दै राजकुमारीले भनिन्, ‘कहाँ गएको हो, आफन्त गाउँलेहरु मिलेर धेरै ठाउँमा खोज्नुभयो । तर छोराको बारेमा केही थाहा पाउन सकिएन ।’

जेठा छोरा बेपत्ता भएपछि दसैँ खल्लो भएको छ। दसैँ मनाउने उत्साह नभएको उनले बताइन्। ‘हिँड्ने बेलामा मोबाइल यहीँ छोडेर हिँडेको रैछ’, उनले भनिन्, ‘गाउँमा कतै गयो होला भनेर सोचेका थियौँ। एक दिन, दुई दिन गर्दै यत्रो दिन बित्यो छोरा घर फर्किएन।’ छोरा जहाँ जस्तोसुकै अवस्थामा भए पनि चाँडो घर फर्किन उनले बिन्ती गरिन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उत्तमका ५८ वर्षीय बाबु नन्दे गुरुङलाई छोराले किन घर छाडेर हिँड्यो भन्ने पनि थाहा छैन। ‘हामी बाउछोरा भएर तरकारीखेती, कुखुरापालन तथा बाख्रा व्यावसायिक रुपमा पाल्दै आएका थियौँ’, उनले भने, ‘दिनभरि सँगै काम गरेका थियौँ, त्यस्तो नराम्रो केही भएको पनि थिएन, बेलुकी घरबाट बाहिर निस्केको छोरा अझै फर्किएन ।’ छोराको खोजी गर्न धेरै ठाउँ पुगेको र प्रहरी, संघसंस्थासँग गुहार माग्दासमेत नभेटिएको गुरुङको भनाइ छ ।

नन्देका बाबुछोरा नै वैदेशिक रोजगारका लागि पाँच वर्ष दुबईमा बसेर स्वदेश फर्किएपछि व्यावसायिक पुशपालन गर्दै आएका थिए । पत्नी बिरामी आएपछि वैदेशिक रोजगारी छोडेर दुवै जना फर्किएका थिए । ‘घरको हरेक कामकाजमा सघाउँदै आएको जेठो छोरो बेपत्ता भएपछि कुन खुसीले दसैँ मनाउनु खै’, मलीन मुद्रामा नन्देले भने, ‘अझै पनि छोरा आउँछ कि भनेर बाटो हेर्दैमा दिनरात कटाउने गरेका छौँ ।’ छोरा घर फर्किएमा सबै खुसी फिर्ता आउने र चाडपर्व रमाइलो हुने आशा गुरुङ दम्पतीको मनमा अझै छ ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

विवाद अन्त्यसँगै खैरबोनाका किसानलाई सहज रूपमा मलखाद

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

कमिशन नदिँदा दुःख दिइयो’ भन्ने सहकारी सञ्चालकको आरोप, वडा अध्यक्षद्वारा अस्वीकार

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सरकारले माग नसुनेको आरोप, राष्ट्रिय एकता दलले आन्दोलनको चेतावनी

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

सिरहाको गोलबजारमा तनाव चर्किँदा दुई युवकलाई गोली, एकको मृत्यु, अर्का गम्भीर

ADVERTISEMENT

ट्रेन्डीङ्ग

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

लोटस युनिक एकेडेमीमा धुमधामसँग मनाइयो बाल दिवस, विद्यार्थीमा उत्साह

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

मृतकप्रति चिरशान्तिको कामना गर्दै बिश्व हिन्दु परिषद नेपालद्वारा श्रद्धाञ्जली तथा दीप प्रज्वलन

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

जन्माष्टमीमा सेवाको हात : लहान सिटी जेसीजले बाँड्दैछ निःशुल्क पानी

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

लक्ष्मण–ललिता कुशवाहा माविका विद्यार्थीले विपद् व्यवस्थापन कोषमा ४५ हजार सहयोग

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

मानवीय सेवामा जुट्यो लहान सिटी जेसीज, बाढीपहिरो पीडितलाई राहत पठाउने तयारी

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

नवराजपुरमा जयकृष्ण यादवद्वारा झुल अभियान १५ सय स्थानीय लभाम्बित

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

वडा कार्यालयदेखि कोरोना चोक विस्तारसम्म, न्यौपानेको समाजसेवी योगदान

सबैको रोजाइ बन्दै माखन भोग

सबैको रोजाइ बन्दै माखन भोग

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.