Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

कोजाग्रत पूर्णिमा देशभर धुमधामका साथ मनाइँदै, लक्ष्मी पूजा र विशेष धार्मिक अनुष्ठानका साथ पर्वको उल्लास

कोजाग्रत पूर्णिमा देशभर धुमधामका साथ मनाइँदै, लक्ष्मी पूजा र विशेष धार्मिक अनुष्ठानका साथ पर्वको उल्लास

काठमाडौं– नेपाली समाजमा अत्यन्तै महत्त्वपूर्ण मानिने कोजाग्रत पूर्णिमा देशभर धुमधामका साथ मनाइँदैछ। विशेषगरी नवविवाहित दम्पतीका लागि यो पर्वको विशेष महत्त्व छ, जहाँ दुलही पक्षबाट दुलहा पक्षलाई विशेष परम्परागत सामग्री ‘भार’ पठाउने र त्यसपछि बेहुलाको चुमाओन गरी भोजभतेरको आयोजना गरिने चलन रहेको छ। मैथिल संस्कृतिमा यो पर्वलाई विशेष शीतल, निर्मल र धवल रातको रूपमा मान्यता दिइन्छ।

धार्मिक मान्यताअनुसार, कोजाग्रत पूर्णिमाको राती लक्ष्मी देवीले स्वयम् निरीक्षण गर्ने र जाग्राम बस्ने व्यक्तिलाई धनधान्यले परिपूर्ण गरिदिने विश्वास छ। यसै विश्वासलाई आत्मसात गर्दै, मानिसहरू यो रात जाग्राम बसेर भगवती श्रीलक्ष्मीको आराधना गर्छन्। घर-घरमा लक्ष्मीपूजा गरी आँगनमा अष्टदल अरिपनको सजावट गरिन्छ, जसमा विशेष सामग्री राखेर पूजा गरिन्छ। दुर्वा, अक्षत र विशेष मन्त्र उच्चारण गर्दै धार्मिक विधिहरू सम्पन्न गरिन्छ। पूजा सम्पन्न भएपछि पान र मखान बाँडेर पर्वको समापन गरिन्छ।

यस पर्वमा धार्मिक परम्परा मात्र नभएर सामाजिक सद्भाव पनि झल्किन्छ। नवविवाहित दम्पतीलाई यस पर्वले आपसी सम्बन्ध मजबुत बनाउन थप ऊर्जा प्रदान गर्छ। भोजभतेरको आयोजनले सामाजिक एकताको सन्देश दिन्छ भने पान र मखानको बाँडफाँडले आपसी स्नेह र आदान-प्रदानको भावना प्रकट गर्छ।

ADVERTISEMENT
ADVERTISEMENT

यद्यपि देशभर बुधबार कोजाग्रत पूर्णिमा मनाइँदै छ, तर जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा भने यो पर्व बिहीबार विशेष धुमधामका साथ मनाइने छ। जनकपुरधाममा कोजाग्रत पूर्णिमालाई विशेष रूपमा मनाउने परम्परा रहेको छ, जहाँ श्रद्धालुहरूले जानकी मन्दिरमा पूजाआजा गरेर देवी लक्ष्मीको कृपा प्राप्त गर्न विशेष अनुष्ठानमा भाग लिन्छन्।

ADVERTISEMENT

कोजाग्रत पूर्णिमाको यो पर्वले धार्मिक आस्था र सांस्कृतिक परम्परालाई पुनः सशक्त बनाउँदै समाजमा एकता, शान्ति र समृद्धिको कामना गरिन्छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

राप्रपाले भन्यो– दुर्गा प्रसाईंलाई अविलम्ब रिहा गरियोस्

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

निर्वाचनकै बीच बारा–४ मा सनसनी: हिन्दू राष्ट्र बोलेपछि उम्मेदवारमाथि हमला प्रयास

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

सिरहामा ब्राउनसुगरसहित भारतीय युवक पक्राउ

ADVERTISEMENT

ट्रेन्डीङ्ग

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

अनुशासन, परिश्रम र लक्ष्यले उज्ज्वल भविष्य सुनिश्चित हुने विश्वास : प्याब्सन केन्द्रिय सचिब न्यौपाने

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

सिरहा २ मा राम चन्द्र यादव समर्थको बाक्लो उपस्थिति

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

रास्वपाको चुनावी प्रचारमा प्रयोग भएको गाडीमा मदिरा र चामल भेटियाे

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

सिरहामा बस–मोटरसाइकल ठोक्किँदा २ युवकको मृत्यु, १ किशोर सख्त घाइते

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

विद्यानगरमा रामचन्द्र यादवलाई भव्य स्वागत, जनसागरको प्रदर्शन

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.