पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सूर्योदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतले ६ दिन हिरासतमा राख्न आदेश दिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेविरुद्धको अनुसन्धानका लागि यो म्याद थप गर्ने निर्णय गरेको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिइएको हो।















