Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

एमालेलाई विवादित जग्गा दान: व्यवसायी गुरूङ र ओली नेतृत्वको पार्टीविरुद्ध सर्वोच्चमा कानुनी लडाइँ

एमालेलाई विवादित जग्गा दान: व्यवसायी गुरूङ र ओली नेतृत्वको पार्टीविरुद्ध सर्वोच्चमा कानुनी लडाइँ

काठमाडौँ।नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरूङले पार्टी भवन निर्माणका लागि दान दिएको जग्गा विवादमा तानिएको छ। सर्वोच्च अदालतले यससँग सम्बन्धित रिट दर्ता गर्न आदेश दिएको छ, जसमा एमाले र गुरूङलाई कानुनी चुनौती दिइएको छ। अधिवक्ता ज्ञानबहादुर बस्नेतद्वारा दायर गरिएको यो रिटले पार्टीले भ्रष्टाचारको अभियोग लागेको व्यक्तिबाट दानमा जग्गा लिनु कानुन विपरीत भएको तर्क गरेको छ।

यसअघि सर्वोच्च प्रशासनले यो रिट दरपीठ गरेको थियो, तर बस्नेतले कात्तिक २ गते सो निर्णयलाई चुनौती दिँदै निवेदन पेश गरे। मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि यो मुद्दाले कानुनी मोड लिएको छ।

रिटमा व्यवसायी मीनबहादुर गुरूङ र नेकपा एमाले दुबैलाई विपक्षी बनाइएको छ। अधिवक्ता बस्नेतले भ्रष्टाचारको आरोप लागेको व्यक्तिबाट जग्गा लिने कार्यलाई पार्टीको नैतिकतामा प्रश्न उठाउँदै यसले कानूनको मर्मविपरीत रहेको दाबी गरेका छन्।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सार्वजनिक रुपमा यो विवाद असोज २५ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरमा पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेपछि चर्चामा आएको हो। गुरूङ र उनकी पत्नी सावित्री गुरूङले दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टीको नयाँ मुख्यालय निर्माण हुने योजना छ, जसले कानुनी र नैतिकताको सवाललाई थप पेचिलो बनाएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

रुख छापमा मतदान गर्न चौधरीको आग्रह, काङ्ग्रेसलाई सहयोग गर्न आह्वान

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.