विराटनगर: विराटनगर ठूलो मिलका ३० वर्षीय हेमबहादुर खड्का केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दिपक थापाको नाम र फोटो अनधिकृत रूपमा प्रयोग गरी विभिन्न वित्तीय क्षेत्रका व्यक्तिलाई धम्की दिने आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार खड्काले मोबाइल एप ‘ट्रयु कलर’मा थापाको नाम र फोटो प्रयोग गरी धम्की दिएको गुनासो प्राप्त भएपछि मंगलबार उनलाई पक्राउ गरिएको हो।
प्रहरीले खड्कालाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाएको जनाएको छ।















