काठमाडौं – नेपाल प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा भाग लिन आइतबार बिहान बेलायतको ग्लास्गो प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयद्वारा आयोजित यो महासभा कात्तिक १९ देखि २२ गतेसम्म चल्नेछ।
महासभामा कुँवरसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र नेपालस्थित इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि सहभागी भएका छन्।















