सर्लाही।सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा कार खस्दा दुई जनाको मृत्यु भएको छ। लु २ च ६७५८ नम्बरको उक्त कार पोखरीमा खसेपछि कारभित्र रहेका महोत्तरी गौशालाका ३७ वर्षीय सुरेश महतो र महोत्तरी सोनामाका ३७ वर्षीय रामाकान्त ठाकुरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। महतो कार चालक रहेको जनाइएको छ। कारमा सवार रहेका ३७ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्कन सफल भएका थिए।
सशस्त्र प्रहरीको गोताखोर टोलीले पोखरीमा डुबेका दुई जनाको शव बाहिर निकालेको र कार पनि निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।















