काठमाडौं – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
११ असोजमा बसेको न्याय परिषद बैठकले उनीहरूको नाम सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। शुक्रबारको सुनुवाइमा सांसदहरूले आएका उजुरीहरू र विभिन्न विषयमा प्रश्न सोधे भने, निरौला र पाण्डेले जवाफ दिए। निरौलाले आफ्नो बारेमा आएका उजुरीहरू अस्वीकृत गर्दै, सर्वोच्च अदालतको भवन निर्माणमा आफू संलग्न नरहेको स्पष्ट पारे।
पाण्डेले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्नेमा आफू समर्पित रहेको बताए।















