काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको छ। बिहान ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय, सरकार सञ्चालनका लागि गठित समन्वय संयन्त्रको प्रभावकारिता, आगामी स्थानीय तह उपनिर्वाचन, र पार्टीको आन्तरिक व्यवस्थापनमा छलफल हुनेछ।















