काठमाडौं – मानव तस्करी प्रकरणमा मुछिएका कोशी प्रदेशसभा सांसद र पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले निलम्बन गरेको छ। शनिबार कोशी प्रदेश कमिटीले जारी गरेको विज्ञप्तिमा अन्तिम फैसला नभएसम्म अधिकारीलाई पार्टीका सबै जिम्मेवारीबाट हटाइएको जनाइएको छ। उनलाई पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् र संगठित सदस्यताबाट पनि निलम्बन गरिएको छ। जापान यात्रा क्रममा मानव तस्करी आरोप लागेपछि अधिकारीले कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री पदबाट राजीनामा दिएका थिए। एमालेले सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेको छ।















