सुर्खेत— प्रहरीको लापरबाहीले दुर्घटना बढेको भन्दै सुर्खेतमा आन्दोलन भएको छ। दैलेख र सुर्खेतको सिमानामा शुक्रबार भएको गाडी दुर्घटनामा चारजनाको मृत्यु र ३० जना घाइते भएपछि मृतक र घाइतेका आफन्तहरूले शनिबार वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेका हुन्।
आन्दोलनकारीले प्रहरीको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाउँदै दोषी प्रहरीलाई कारबाही, मृतक परिवारलाई उचित क्षतिपूर्ति, घाइतेहरूको निःशुल्क उपचार, र यातायात ऐनको कडाईका साथ कार्यान्वयनको माग गरेका छन्।
उक्त दुर्घटनामा १५ सिट क्षमताको गाडीमा ३४ जना सवार थिए। घाइते ११ जनाको नेपालगञ्ज र ९ जनाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।















