काठमाडौँ – आसन्न स्थानीय तह उपनिर्वाचनका लागि ३२ मुख्य निर्वाचन अधिकृत र ६ निर्वाचन अधिकृतका गरी ३८ कार्यालय स्थापना गरिएको छ।
मङ्सिर २ देखि ५ गतेसम्म उम्मेदवारको मनोनयन दर्ता, अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गर्ने कार्य हुनेछ। मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
यसैबीच, आयोगले सहसचिव नीता पोखरेल अर्याललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ।















