Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेताहरूले देश बेच्न खोजे तर काठमाडौं महानगर बिक्रीमा छैन: मेयर बालेन

नेताहरूले देश बेच्न खोजे तर काठमाडौं महानगर बिक्रीमा छैन: मेयर बालेन

काठमाडौं, कार्तिक ३० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशका नेताहरूलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेताहरूले देश नै बेच्न खोजेको आरोप लगाए।

उनले लेखे, “नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नुभो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।”

ADVERTISEMENT

मंगलबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा उपत्यकाका मेयर र उपमेयरहरूको मञ्च मेयर्स फोरमको बैठक आयोजना गरिएको थियो। कार्यक्रममा १७ नगरपालिकाका प्रतिनिधिहरू सहभागी भए पनि बालेनले बैठक बहिष्कार गरे।

ADVERTISEMENT
ADVERTISEMENT

उनले प्राइभेट कम्पनीबाट आर्थिक सहयोग लिएर आयोजना गरिएको बैठकप्रति असन्तुष्टि जनाउँदै भने, “१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन।”

बालेनले देशको स्वाभिमान र काठमाडौं महानगरको स्वतन्त्रता कुनै पनि निजी कम्पनी वा बाह्य प्रभावमा नपर्नु पर्ने भन्दै आफ्नो कदमको समर्थन गरेका छन्। उनले नेताहरूको क्रियाकलापले देशको स्वाभिमानमाथि नै आघात पुर्‍याएको दाबी गरे।

बालेनको यो अभिव्यक्तिले सार्वजनिक र राजनीतिक वृत्तमा चर्चा चलाएको छ। कतिपयले उनको निर्णयको स्वागत गर्दै नगरपालिकाको स्वायत्तता बचाउने कदम भनेका छन् भने केहीले यस्तो कडा अडानले समन्वयमा अवरोध ल्याउने तर्क गरेका छन्।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले देखाएको दृढता र स्वाभिमानी दृष्टिकोणले काठमाडौंलाई नेपालको पहिचानका रूपमा उभ्याउने उनको चाहना झल्किएको छ। यो प्रकरणले देशका अन्य नगरपालिकाहरूमा पनि यसबारे बहस जन्माउने अपेक्षा गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

घरबाटै पक्राउ परे काङ्ग्रेस युवा नेता अभिषेक गिरी

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

एचए–एएनएम छुटेपछि विरोध, स्वास्थ्य मन्त्रालय भन्छ– “यो अन्तिम सूची होइन”

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

झापा–५ मा बालेन्द्र शाहको फराकिलो अग्रता, केपी शर्मा ओली २९ हजार मतले पछि

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

जुम्लामा राप्रपाका शाहीले १० हजार मत ल्याउँदा रास्वपाकी विनितालाई २३० मत

देशलाई दीर्घकालीन सोच र इमानदार नेतृत्व चाहिएको छ : बालेन शाह

बालेन्द्र शाह अग्रता, केपी शर्मा ओली पछ्याउँदै

ADVERTISEMENT

ट्रेन्डीङ्ग

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

गुणस्तरीय शिक्षामा प्यारागनले जित्दै हजारौं अभिभावक र विद्यार्थीको मन

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

युवालाई खेलकुदसँग जोड्दै जेसिजले गरायो मैत्रीपूर्ण फुटबल

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै यादवद्वारा गरिब–दलित परिवारलाई झुल वितरण

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

आन्दोलनमा ज्यान गुमाएका गणेशको परिवार र घाइते सुभाषलाई विश्व हिन्दु परिषद्को आर्थिक सहारा

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

।हुण्डी कारोबारी विरुद्ध पर्सा प्रहरीको स्टिङ्ग अप्रेशन  ; साढे ५२ लाख रुपैया सहित ४ जना पक्राउ

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

नतिजा प्रकाशनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटन, गोल्डेन फ्युचरमा भव्य कार्यक्रम

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

धार्मिक आस्थामाथि आक्रमण भएको आरोप, विश्व हिन्दू परिषद्ले अघि सार्यो आठबुँदे माग

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

गरिब र ज्येष्ठ नागरिकलाई गाउँमै आँखा सेवा, जगतपुरमा निःशुल्क शिविर २ सय नागरिक लाभाम्बित

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.