Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

नेताहरूले देश बेच्न खोजे तर काठमाडौं महानगर बिक्रीमा छैन: मेयर बालेन

नेताहरूले देश बेच्न खोजे तर काठमाडौं महानगर बिक्रीमा छैन: मेयर बालेन

काठमाडौं, कार्तिक ३० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले देशका नेताहरूलाई लक्षित गर्दै कडा अभिव्यक्ति दिएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले नेताहरूले देश नै बेच्न खोजेको आरोप लगाए।

उनले लेखे, “नेताज्यूहरूले त देश नै बेच्न खोजिसक्नुभो, तर काठमाडौं महानगर बिक्रीमा छैन। तपाईंहरूले पूरै देश नै बेच्नुभो भने पनि काठमाडौं एक्लै भए पनि नेपाल भनेर उभिनेछ।”

मंगलबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा उपत्यकाका मेयर र उपमेयरहरूको मञ्च मेयर्स फोरमको बैठक आयोजना गरिएको थियो। कार्यक्रममा १७ नगरपालिकाका प्रतिनिधिहरू सहभागी भए पनि बालेनले बैठक बहिष्कार गरे।

ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

उनले प्राइभेट कम्पनीबाट आर्थिक सहयोग लिएर आयोजना गरिएको बैठकप्रति असन्तुष्टि जनाउँदै भने, “१७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिष्कार गरेको हो, कसैको अपमान गरेको होइन।”

बालेनले देशको स्वाभिमान र काठमाडौं महानगरको स्वतन्त्रता कुनै पनि निजी कम्पनी वा बाह्य प्रभावमा नपर्नु पर्ने भन्दै आफ्नो कदमको समर्थन गरेका छन्। उनले नेताहरूको क्रियाकलापले देशको स्वाभिमानमाथि नै आघात पुर्‍याएको दाबी गरे।

बालेनको यो अभिव्यक्तिले सार्वजनिक र राजनीतिक वृत्तमा चर्चा चलाएको छ। कतिपयले उनको निर्णयको स्वागत गर्दै नगरपालिकाको स्वायत्तता बचाउने कदम भनेका छन् भने केहीले यस्तो कडा अडानले समन्वयमा अवरोध ल्याउने तर्क गरेका छन्।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले देखाएको दृढता र स्वाभिमानी दृष्टिकोणले काठमाडौंलाई नेपालको पहिचानका रूपमा उभ्याउने उनको चाहना झल्किएको छ। यो प्रकरणले देशका अन्य नगरपालिकाहरूमा पनि यसबारे बहस जन्माउने अपेक्षा गरिएको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

देउवाको बूढानीलकण्ठस्थित घर भत्काउने काम अन्तिम चरणमा, जमिन भाडामा दिने योजना

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सामाजिक कार्यमा सक्रिय शम्भु दासद्वारा झिझिया समूहलाई पुरस्कार प्रदान

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

सरोज यादवद्वारा प्रथम सलहेश झिझिया ग्रुप खोक्सीलाई १५ हजार पुरस्कार

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

मधेशमा नयाँ सरकार गठनका लागि उपेन्द्र यादव र केपी ओलीबीच भेटवार्ता

ADVERTISEMENT

ट्रेन्डीङ्ग

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

प्रधानमन्त्री वालेन्द्र शाहलाई असफल बनाउन रास्वपाभित्रै षड्यन्त्र भइरहेको छ : प्रभु साह

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

सिरहामा बसको ठक्करबाट पैदलयात्री गम्भीर घाइते चालक प्रहरी नियन्त्रणमा

भाउजूको हत्या अभियोगमा ज्वाइँ पक्राउ

सप्तरीमा छिमेकीमाथि कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

प्रहरी असईले आफैलाई गोली हानेर

अमेरिकामा नेपाली व्यवसायी तारा सिन्चुरीको हत्या, संदिग्धको खोजीमा एफबीआईको सहयोग

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

आफ्नै जग्गामा घर बनाउन पाएनन् धनाई यादव, न्यायका लागि भौँतारिँदै विपन्न परिवार

मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँच जनाको मृत्यु, ३१३ घाइते

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

भारतमा लोकसभा निर्वाचन : नेपाल–भारत सीमा नाका सिल

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

सर्लाहीमा १३ वर्षीया बालिकाको घाँटी काटिएको अवस्थामा शव फेला

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.