काठमाडौँ – प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको संसदीय प्रणाली सुदृढ बनाउन गरेको योगदानको उच्च प्रशंसा गरेका छन्।
सोमबार काठमाडौँको नयाँ गौचरनमा आयोजित अन्तिम श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले ढुंगानालाई लोकतन्त्रप्रति दृढ र व्यवस्थित सोच भएका व्यक्तित्वका रूपमा चित्रण गरे।
उनले संसदलाई सबल बनाउने ढुंगानाको प्रयासले आफूहरुलाई प्रेरित गरिरहेको बताउँदै, लोकतन्त्रको बाटोमा अघि बढ्ने संकल्प व्यक्त गरे।















