Netra Dainik
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • समाज
    • राजनीति
  • विजनेस
  • देश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • जीवन-शैली
  • विचार
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • अन्तर्वार्ता
    • शिक्षा
    • स्वास्थ्य
    • कृषि
    • र्घटना
No Result
View All Result
Netra Dainik
No Result
View All Result

गोदावरी स्टिल उद्योगमा श्रमिक अधिकार उल्लंघन र कानुन मिचाइको आरोप

इसत्याक अहमद रौतहट, ५ मंसिर।रौतहटको चन्द्रनिगाहपुरस्थित गोदावरी स्टिल उद्योगमाथि सरकारी ऋण असुलीमा छलकपट, विद्युत प्राधिकरणलाई करोडौंको बक्यौता नतिर्नु, र श्रमिक अधिकार हननको गम्भीर आरोप लागेको छ। उद्योगले सरकारी बैंक र संस्थाहरुलाई झुक्याएको तथ्य बाहिर आएको छ भने, स्थानीय श्रमिकहरूका अनुसार, उद्योगले नियम कानुनको पालना नगरी श्रमिकमाथि दमन गरिरहेको छ।

नेपाली श्रमिकहरूको स्थानमा भारतीय मजदुरलाई प्राथमिकता दिँदै आएको यो उद्योगले स्वदेशी रोजगारलाई कम्जोर बनाएको आरोप स्थानीयवासी र श्रमिकहरूले लगाएका छन्। नेपाली श्रमिकले उचित रोजगारी नपाउँदा दैनिक विदेश पलायनको संख्या बढ्दै गएको जनाइएको छ।

ADVERTISEMENT

उद्योगमा काम गर्ने श्रमिकहरूले आफूहरूले उचित ज्याला नपाएको, कतिपयलाई आधारहीन आरोप लगाएर निष्कासन गरिएको, र श्रम अधिकारको खुलेआम उल्लंघन गरिएको गुनासो गरेका छन्। भारतीय श्रमिकलाई समेत समयमा ज्याला नदिने र श्रम कानुनको धज्जी उडाउने घटनाहरू सार्वजनिक भएका छन्।

ADVERTISEMENT
ADVERTISEMENT

यद्यपि मजदुर र ठेकेदारले पटक–पटक समस्या समाधानका लागि आवाज उठाए पनि चन्द्रनिगाहपुर इलाका प्रहरी कार्यालयमा हालसम्म कुनै औपचारिक उजुरी दर्ता भएको छैन। तर, स्थानीय स्रोतका अनुसार, उद्योगमाथि यसअघि पनि विभिन्न गम्भीर उजुरीहरू परेका थिए।

उद्योगले कानुन मिच्दै गरेको विषयमा नेपाल सरकार र सम्बन्धित निकायले तत्काल छानबिन गर्न आवश्यक भएको स्थानीय श्रमिक र नागरिक समाजले बताएका छन्। सरकारी रकम र स्रोतको दुरुपयोग, बक्यौता रकम तिर्न अस्वीकार गर्नु, र श्रमिकमाथि दमन गर्नुले कानूनको पालना गर्ने उद्योगहरूलाई पनि असमान प्रतिस्पर्धाको सामना गर्न बाध्य बनाएको छ।

सरकारले यस्ता गम्भीर आरोपमाथि गहिरो अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुका साथै श्रमिकका अधिकारको संरक्षणका लागि कडा नीति लागू गर्नुपर्ने आवाज उठेको छ।

Share this:

  • Twitter
  • Facebook
नेत्र दैनिक

नेत्र दैनिक

सम्बन्धित - समाचार

श्रम, धर्म र सदाचारको जीवनयात्रा टुंगियो : ८९ वर्षको उमेरमा प्रेम साहको निधन

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

सिराहाको महेशपुर पतारीका इन्स्पेक्टर मल्ल असार महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित

ईप्रका पटेर्वा सुगौलीले २० किलो लागूऔषध गाँजा सहित भारतीय अंसारी पक्राउ

दिनभरि निगरानी, राति तस्करीलाई संरक्षण ? महोत्तरीको पोखरभिण्डा बीओपीमाथि गम्भीर आरोप

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव

ADVERTISEMENT

ट्रेन्डीङ्ग

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सखुवाप्रसौनीमा विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम सुरु

नेत्रदैनिक मिडिया द्वारा संचालित नेत्र दैनिक डटकम अनलाईन

हाम्रो टिम

  • अध्यक्ष/प्रबन्ध निर्देशक : महेश सिंह महतो
  • सम्पादक : प्रदिप सिंह महतो
  • कानूनी सल्लाहकार :
  • सम्वाददाता :

सम्पर्क

सामाजिक संजालमा हामी

Facebook Twitter YouTube

© 2022 NetraDainik.com | All Rights Reserved. Website developed by | | Nitra Host.