काठमाडौँ ।भारतीय राज्य महाराष्ट्रमा हालै सम्पन्न भएको विधानसभा चुनावपछि एक्जिट पोल सार्वजनिक भएका छन्। अधिकांश सर्वेक्षणले भाजपा नेतृत्वको महायुती गठबन्धनलाई बहुमत प्राप्त हुने देखाएका छन्।
सरकार बनाउन १४५ सिटको आवश्यकता छ। विभिन्न पोलका अनुसार महायुतीले १५०–१८२ सिटसम्म जित्न सक्ने अनुमान छ भने कांग्रेसको महाविकास अघाडी ९७–१४६ सिटमा सीमित हुने देखिएको छ। अन्य दलहरूले ६–१० सिटसम्म जित्न सक्ने आँकलन छ।
तर, यी केवल प्रक्षेपण हुन्, र अन्तिम नतिजाले मात्रै राजनीतिक परिदृश्य स्पष्ट गर्नेछ।















