ललितपुर ।ललितपुरका डा. आशिष दाहाललाई अनलाइन जुवामा गुमाएको ४० लाख असुल्न सर्वसाधारणलाई धम्की दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। भोजपुर घर भई ललितपुरमा बस्दै आएका ३२ वर्षीय दाहालले आफू अन्डरवर्ल्ड एजेन्ट भएको बताउँदै फोनमार्फत ५० हजारदेखि २ लाख रुपैयाँ माग्ने गरेको खुलेको छ।
प्रहरीका अनुसार, उनले आफ्नो क्लिनिकमा जागिर खुलेको भन्दै युवायुवतीका सीभी र नागरिकता लिएर नक्कली सिम निकाली ठगी योजनामा उपयोग गरेका थिए। गुनासोका आधारमा ग्वार्कोबाट पक्राउ परेका दाहालले कम्तीमा १९ जनालाई धम्की दिएको स्वीकार गरेका छन्। थप अनुसन्धान भइरहेको छ।















