काठमाडौं– पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहँदा केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतः सफा रहनेछ। यस्ता मौसम परिस्थितिले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक र हवाई यातायातमा केही प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
दिउँसो देशका पहाडी भूभागमा आंशिक बदलीको स्थिति रहने अनुमान गरिएको छ। महाशाखाले विशेषगरी उच्च हिमाली क्षेत्रका लागि पूर्वसावधानी अपनाउन सुझाव दिएको छ।















